काठमाडौं – पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारणमा परिवर्तन देखिएको छ ।
पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ ।
यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै । आजको नागरिक दैनिकमा खबर छ ।
मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किनपुग्छ । सडकमा उभिएका ट्रफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ ।
ललितपुर ट्राफिक परिसरका प्रहरी निरीक्षक सीताराम हाछेतुले भने,
-बाटो, गाडी सबै ठिक हुन्छन, त्यस्तो बेल सडक छेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन् ।
उपत्यका ट्रफिक कार्यालय महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने,
-देखिने खास कारणबिनै दुर्घटना भएका हुन्छन् ।
-सोध्दा एक्कासी अँध्यारो देखें भन्छन् ।