तोकिए कै मितिमा निर्वाचन हुनेमा कुनै शंका छैन : प्रचण्ड


पोखरा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले तोकिए कै मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा बिहीबार निर्वाचन नहुने संङका रहेपनि शुक्रबार सरकार र दलहरु सगँको छलफल पछि सबै भ्रम हटेको बताएका छन् ।

‘हिजो सम्म निर्वाचन हुदैन की भन्ने भ्रम थियो,’ उनले भने ‘आजबाट निर्वाचन हुदैन कि भन्ने भ्रम सरकार र दलहरु विचको छलफल पछि हटेको छ ।’ उनले प्राविधिक कुरामा निर्वाचन आयोगले काम अगाडी बढाएको बताए । उनले अर्को प्रशंगमा वाम गठबन्धले कांग्रेसमा एक बताएका बताए । उनले बाम गठबन्धनले कांग्रेस भित्रको अराजक्ता, गुट, उपगुटलाई मिल्न बाध्य पारेका बताए ।

अध्यक्ष प्रचण्डले वाम गठबन्धन प्रति तरंङत हुन आवश्यक नभएको बताए । बाम गठबन्धन बनाएर कांग्रेसलाई ठुलो गुन लगाएको बताउदै काग्रेसलाई गठबन्धनसँग नतर्सन अनुरोध समेत गरे । ‘वाम गठबन्धनकै कारण कांग्रेस एकतावद्ध भएको छ’, उनले भने, ‘फोरम लोकतान्त्रिक विजय कुमार गच्छदार कांग्रेसमा नै फर्किएका छन् ।’

उनले अब बन्ने नयाँ सरकार पाँच वर्षको हुने बताउदै जनताको विकास प्रतिको इच्छा नयाँ सरकारले पुरा गर्ने बताए । ‘सरकार बेला बेलामा फेरिदा विकासका काम हुन सकेका छैनन्,’ उनले भने ‘निर्वाचन पछि बहुमति सरकार बन्छ, त्यसैले पाँच वर्ष सम्म सरकार चलाएर विकास गर्ने छ ।’ उनले निर्वाचन पछि कि बाम गठबन्धनको त कि काग्रेस सहितका गठबन्धको बहुमत आउने बताए । बाम गठबन्दका कुन पार्टीलाई दिने भन्ने शनिबार सम्ममा टुङ्गो लाग्ने बताए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड पोखरामा तीनवटा कार्यक्रममा सहभागी भई काठमाडौ पर्किएका छन् ।