पोखरा – पोखरामा सम्पन्न खुला पाँचौं राष्ट्रिय स्केट बोर्डडिङ प्रतियोगितामा पोखराका समिरले गेम अफ स्केटको उपाधि जितेका छन् । कास्की जिल्ला स्केट बोर्ड संघ र स्केट एण्ड डोनेट नेपालको आयोजनामा भएको प्रतिस्पर्धामा काठमाण्डौंका मिलन ठकुरी र दिवस क्षेत्रीले वेष्ट रन अन्तर्गतको विधामा उपाधि जितेका छन् ।
बेष्ट ट्रिक अन्र्तगतको विधामा काठमाण्डौका गजेन्द्र वदेवा र पोखराका शमिरले उपाधी जितेको आयोजक कास्की जिल्ला स्केट बोर्ड संघका अध्यक्ष रामचन्द्र कोइरालाले जानकाकरी दिए । प्रतियोगितामा काठमाण्डौ, पोखरा, चित्वन, बुटवल, धरानका ३५ जना स्केट बोर्ड खेलका खेलाडीको सहभागीता रहेको अध्यक्ष कोइरालाले बताए । नेपालमै पहिलो पटक पोखरामा बनेको स्कटे पार्कले स्पोर्टस टुरिजमको विकासमा महत्वपूर्ण योगदान पुग्ने स्केट एण्ड डोनेटका सउन लिवो वाड्ले बताए ।
पछिल्लो समयमा क्यानडा, अमेरिका र युरोप लगाएतका देशमा स्केट खेलको विकास भएको बताउँदै स्केट खेलका खेलाडी समेत रहेका क्यानडाका नागरिक सउनले विभिन्न देशको भ्रमण गर्दै स्केट खेलेर रमाउँने पर्यटककालागि पोखरा उत्कृष्ट गन्तव्य बन्ने विश्वास गरे । सन् २०२० मा जापानको टोकीयोमा स्केट खेलको ओलम्पीक खेल हुदै गरेको पनि उनले सुनाए । नेपालको खेलकुद मन्त्रालय र विभिन्न संघ संस्थाको सहयोगमा धेरै धन्दा धेरै स्केट पार्क निमार्ण गर्दै स्केट खेल खेल्ने वातावरण युवालाई मिलाउन सके स्केट खेलमा नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपाधि समेत ल्याउन सक्ने युवा खेलाडी रहेको उनले बताए ।
प्रतियोगिता संचालनका लागि क्यानडा, बेलायत र अमेरिकाका ५ जना निणर्यक आएको संघका अध्यक्ष कोइरालाले बताए । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जिजम्प, जिप लाइन, क्यनोनिङ जस्ता साहासिक खेलकुदको शहरको रुपमा परिचित पोखरा पछिल्लो समयमा पोखरा रंगशालामा निमार्ण गरिएको स्केट पार्कले पर्यटक दुई तीन दिन भुल्ने वातावरण बनेको उनले सुनाए ।
अन्तर्राष्ट्रिय स्केटिङ्ग संघको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सहकार्यमा पोखरा रंगशाला परिसरमा नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरको स्केटिङ्ग ट्रेनिङ्ग सेन्टर निमार्ण पछि पोखरामा स्केटिङ खेलको विकासमा सहयोग पुगेको छ ।