पोखराको तीन ठाउँबाट २१ जना जुवाडे पक्राउ


पोखरा – कास्की प्रहरीले पोखरा विभिन्न ठाउँबाट २१ जनालाई जुवा तास खेल्दै गरेकालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ दिप स्थित रवि मल्लको घर भाडामा लिई बस्ने सानु शाहीको डेराबाट २ लाख १ हजा र ७ सय ३५ नगद सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरालेखनाथ महानगरपालिका  वडा नं १५ बस्ने वर्ष ५४ को कमल थापा, पोखरा वडा नं १५बस्ने वर्ष २९ को राजु शाही, वडा नंम्बर ८ बस्ने वर्ष ५७ को उत्तम शिल्पकार र ४५ बर्षिय  शुक्ल थकाली रहेका छन् । त्यसै गरि प्रहरीले कात्र्तिक २ गते पोखरा २२ पुम्दिभुम्दिस्थित पोखरा भ्यू प्वाईण्ट नजिक सुर्य बरालको घरमाबाट नगद १५ लाख ४७ हजार सहित १० जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला स्याङ्जा आँधिखोला गाउपालिका वडा नं २ बस्ने बर्ष ४० को राजेन्द्रबिक्रम पौडेल,  ५० बर्षिय नारायण प्रसाद पौडेल, पोखरा १७ का ३८ बर्षिइ सुर्य प्रसाद बराल, पोखरा २१ बस्ने ३५ बर्षिय प्रकाश सुबेदी, पोखरा २२ का ३३ बर्षिय राजेन्द्र बहादुर थापा, पोखरा १७ का होम बहादुर राना, अर्जुन पोख्रेल, पोखरा २२ का गुरुदत्त बराल, पोखरा २ भैरबटोलका टिकाराम सुनार र पोखरा ८ का ईन्द्र बहादुर कुँवर रहेको उनले बताए ।

त्यसै गरि पोखरालेखनाथ महानगरपालिका बडा नं ३ नदिपुर स्थित मनमाया गर्बुजाको घरबाट ३८ हजार २० नगद सहित ९ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्ला म्याग्दी दरबाङ गाबिस बडा नं ३ का  राम रोक्का, पोखरा २ कि भविषा पुन, पोखरा कि ३ मनमाया गर्बुजा, संगिता श्रेष्ठ, खिम माया पुन, पोखरा ९ का तुलबिर पुन, पोखरा ३० का भविलाल पुन रहेका छन् । उनीहरुलाई कास्की जिल्ला अदालतबाट  जुवा मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।