काठमाडौं – बुधबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई समेटेका छन् ।
माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका सबै मन्त्रीहरु विनाविभागीय बनेको खबरलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले मुख्य समाचार बनाएर छापेका छन् । सरकारबाट बाहिरिने मनस्थिति बनाएको माओवादी मन्त्री विनाविभागीयकै हैसियतमा बस्नुको कारणसमेत पत्रपत्रिकाहरुमा पढ्न सकिन्छ ।
शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका केही मन्त्री तथा राज्यमन्त्रीको डेरा व्यवस्थापनमै एक करोड खर्च भएको छ । पछिल्लो विस्तार अघिकमा ५४ मध्ये आठजना मन्त्री र २६ जना राज्यमन्त्रीलाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ अभाव भएपछि सरकारले बाहिरै व्यवस्थापन गरी भाडामा राखेको खबर पत्रपत्रिकाले आज छापेका छन् ।
दलहरुको निर्वाचन तयारीलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् । त्यस्तै रानीपोखरीको नक्सा नै गलत भएको अर्को खबरलाई आजका पत्रपत्रिकाहरुरुले महत्त्व दिएर छापेका छन् ।