पोखराको पृथ्बीचोकमा सालिक ठड्याउने काम पुन: सुरु


पोखरा – पोखराको पृथ्बीचोकमा रहेको लखन थापाको सालिक सहित आइल्याण्ड भत्काएको नगरपालिकाले सोहि स्थानमा पुन सालिक ठड्याउने काम सुरु गरेको छ ।

गत असोज ८ गते राती सालिक सहितको आइल्याण्ड भत्काएपछि भएको बिरोधका कारण असन्तुष्ट पक्षसँग पोखरा लेखनाथ महानगरपालिका र स्थानीय प्रशासनले १० बुदे सहमति गरेको थियो । सालिक हटाएको बिषय उच्च अदालत पोखरासम्म पुगेपछि अदालतले यथास्थितिमा राख्ने आदेश जारी गरेपछि पुन ः सालिक ठड्याउने काम सुरु गरिएको हो ।

पोखराका बिभिन्न चोकमा राहेका ठूला आइल्याण्ड र त्यसमा राखिएका सालिकले ट्राफिक ब्यवस्थापन असहज भएको निश्कर्ष सहित आइल्याण्ड भत्काइएको थियो । सोमवार साझ मात्रै अमरसिंह चोकको आइल्याण्ड भत्काइएको छ ।