ल हेरौ आजका दैनिक पत्रिकाका फ्रन्टपेज


काठमाडौं – सोमबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलहरुले आइतबार बन्दसूची बुझाएको विषयलाई  मुख्य खबर बनाएर छापेका छन् । दलहरुले पर्याप्त आन्तरिक गृहकार्य नगर्दा समानुपातिकतर्फको बन्दसूची दर्ता भद्रगोल बनेको पत्रपत्रिकाले लेखेका छन् ।

त्यस्तै कांग्रेस–फोरम लोकतान्त्रिक एकतालाई पनि आजका पत्रपत्रिकाहरुले प्रमुखताका साथ अाफ्नाे पहिलाे पृष्ठमा  छापेका छन् । ‘नेपाली कांग्रेसबाट निस्किएर मधेसवादी राजनीतिमा लागेको करिब एक दशकपछि विजयकुमार गच्छदार फेरि नेपाली कांग्रेसमै फर्किने भएका छन्’, आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

 

भूकम्पपछिको पुनर्निर्माण सुस्त देखिएको छ । सरकारको प्राथमिकतामा पुनर्निर्माण नपर्दा यसले गति लिन नसकेको पत्रपत्रिकाहरुको ठम्याइ छ ।

पदावधि सकिनै लाग्दा सांसदले नियम मिचेर १० अर्ब बाँडेकोदेखि १९ विधेयक संसद् विघटन भएसँगै स्वतः निष्क्रिय बनेकोसम्मका खबर आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा छ ।