पोखरा, २९ असोज । स्वतन्त्र पत्रकार संघ कास्कीले संघका कार्य समिति सदस्य सुरेशराज अधिकारीमाथि आइतबार दिनको १ ः ४५ बजे महानगरपालिका गेट अगाडि भएको हातपात र दुव्र्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका सचिव असफल गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा पोखराबाट प्रकाशन हुने समाधान राष्ट्रिय दैनिकमा ३८ घर भत्काइयो शीर्षकमा शनिवार प्रकाशित समाचारलाई लिएर उनीमाथि भएको हातपात र दुव्र्यवहारप्रति संघ घोर आपत्ति व्यक्त गर्दछ भनिएको छ । राज्यको चौथो अंग सञ्चार क्षेत्रमा आवद्ध एक श्रमजीवि पत्रकार पेशागत कर्मका लागि कर्मस्लथमा खटिइरहेको वेला सुरक्षा निकायकै अगाडि सार्वजनिक स्थलमा कुटिनु लज्जास्पद घटना हो विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अधिकारीमाथिको दुव्यवहारले आमसर्वसाधारण नागरिकका हैसियतमा स्वतन्त्र पूर्वक हिँडडुल गर्न पाउने अधिकारसमेत कुण्डित हुनु पुगेको भन्दै दुव्यवहारका कारण उनीमाथि पर्न गएको मानसिक असर र मानहानीको जति निन्दा गरे पनि क्षम्य हुन सक्दैन भनिएको छ ।
समाचारमा चित्त नबुझेमा खण्डन गर्न पाउने प्रावधान हुँदाहुँदै गुण्डागर्दी शैलीमा मुठी र मसल देखाएर पत्रकार अधिकारीलाई कुट्ने पोखरा लेखनाथ–२८ का विकास गुरुङलाई तुरुन्त पक्राउ गरी कडा कारवाही गर्नका लागि संघ कास्की जोडदार माग गर्दछ भनिएको छ ।