पोखरा । सञ्चार ब्यबसायी समिति पोखरा कास्कीको २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिबेशनले प्रेम प्रसाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रुद्रबहादुर केसी, सचीवमा युवराज खनाल, कोषाध्यक्षमा दिपेन्द्र बहादुर आले, सहसचिवमा बिनोद भुजेल र सदस्यमा पबित्रराज तिवारी, रमेश सापकोटा, माधब अधिकारी र मिनराज पौडेल रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि कास्की जिल्ला सहकारी संघका अध्यक्ष रबिरमण तिवारीले उद्घाटन गर्दै सञ्चार क्षेत्रमा दिनानुदिन नयाँ प्रविधि आएकाले व्यवसायीले पनि आफुलाई प्रविधि मैत्री वनाउनु पर्ने वताए ।
संस्थाका अध्यक्ष बिनोद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पबित्र राज तिवारीले गरेका थिए ।