महालक्ष्मी आर्थिक सहकारीको अध्यक्षमा कार्की


पोखरा । पोखरा लेखनाथ महानगर पालिका वडा नं. ९ नयाँबजार स्थित महालक्ष्मी आर्थिक सहकारी संस्था लिमिटेडको शुक्रबार सम्पन्न १८ औं साधारणले पुनः रामबहादुर कार्की (अशोक)को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रमेशबहादुर भारी, सचीवमा अमृत शर्मा, कोषाध्यक्षमा दीपक पोख्रेल र सदस्यमा देउप्रसाद गुरुङ, देवी कुमारी बराल, मेनका पोख्रेल सर्वसम्मत चयन भएका छन् ।

त्यसै गरि सभाले लेखा समिति र शिक्षा उपसमिति समेत गठन गरेको छ । सो अबसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य अम्बिका मोहन भट्टराई र कमलप्रसाद गुरुङलाई सम्मान गरिएको थियो ।

सभाको प्रमुख अतिथि डेभिज फल क्लबका अध्यक्ष गोपाल बरालले उद्घाटन गरेका थिए । सो अबसरमा सल्लाहकार ज्ञानेन्द्र राज पौडेल, ऋण उपसमिति सदस्य अम्बिका शर्मा, शेयर सदस्य प्रेमराज दवाडी, मेनुका पोख्रेल लगाएतले बोलेका थिए ।

सभाले अध्यक्ष रामबहादुर कार्की (अशोक)को प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष दीपक पोख्रेलको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो ।

संस्थाका अध्यक्ष रामबहादुर कार्की (अशोक) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन लेखनाथ बरालले र स्वागत उपाध्यक्ष रमेशबहादुर भारीले गरेका थिए ।