काठमाडौं – संविधान जारी भएपछि संविधानसभाबाट रुपान्तरित संसद्को आयु सकिएको छ । शुक्रबार व्यवस्थापिका संसदको बैठक बसेपछि औपचारिक रुपमा यो संसदको कार्यकाल पूरा हुनेछ । राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले संसद्को आयु आजबाट सकिएकोलाई मुख्य खबर बनाएर छापेका छन् ।
राजनीतिक दलहरुले लोकतान्त्रिक र वाम गठबन्धनमार्फत आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जाने तयारी गरे पनि झमेला भएको छ । निर्वाचन क्षेत्र बाँडफाँटको विषयलाई लिएर दुवै गठबन्धनमा विवाद बढेको पत्रपत्रिकाहरुले लेखेका छन् ।
त्यस्तै चिकित्सा शिक्षा विधेयक संसद्मा रोकिएकोलाई पनि पत्रिकाहरुले आज कभरेज गरेका छन् । विद्युत्तीय पैसा बनाउने कारखानामा प्रहरीले छापा मारेकोदेखि शीर्ष नेताको बैठकसम्मका खबरले अाजका पत्रपत्रिकाकाे पहिलाे पृषठ भरिएका छन् ।