काठमाडौ / बिभिन्न चर्चा परिचर्चा र अड्कलबाजीहरुका बीच अन्तत शेष घेल पत्नी जमुना गुरुङले गैरआवासिय नेपाली संघ एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन्। गुरुङले बिहिबार र्याडिसन होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन्।
एनआरएनए अध्यक्ष शेष घलेले दुई कार्यकाल अध्यक्षको जिम्मेबारी सम्हाले पछि श्रीमती जमुनाले यसलाई निरन्तरता दिने तयारी थालेकी हुन्।उनि एनआरएनए आईसीसी सदस्य समेत हुन्। लाप्राक बस्ती निर्माण,एनआरएन भवन निर्माण,तथा संघको भिजन २०-२० लाई पूर्णता दिन गैर आबासीय नेपालीहरुको आह्ववानमा उम्मेदवारी घोषणा गरेको पत्रकार सम्मेलनमा गुरुङले बताईन्।
एनआरएन दुईभागमा चिरियो
चार बर्ष सम्म एनआरएनको नेतृत्व सम्मालेका शेष घलेको बर्चश्व एनआरएनमा बढ्दै गएको बेला गुरुङको उम्मेदवारीले ठुलो तरङ्ग ल्याईदिएको छ। संस्थापक अध्यक्ष उपेन्द्र महतो,पुर्ब अध्यक्ष जीवा लामिछाने लगायतले बर्तमान उपाध्यक्ष भवन भट्टलाई अध्यक्षमा अघि सारिरहेको बेला गुरुङको उम्मेदवारी सँगै एनआरएन दुई भागमा चिरिएको छ।
अध्यक्षका अर्का आकांक्षी कुमार पन्तले समेत नेतृत्वबाट पर हटेर पुन: उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै भट्टलाई समर्थन गरेका छन्। अहिलेको प्रतिस्पर्धालाई एनआरएनको ईतिहास कै अहिलेसम्म कै कडा प्रतिस्पर्धाको रुपमा हेरिएको छ।