नेपाली कांग्रेसद्दारा उम्मेदवार छनोटका लागि संसदीय समिति गठन


रासस

काठमाडौं – नेपाली कांग्रेसले उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गरेको छ । प्रतिनिधि र प्रदेशसभा सदस्यको लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादव छन् ।

यस्तै नेताहरु खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशसरण महत, बालकृष्ण खाँड, अर्जुननरसिंह केसी र चित्रालेखा यादव पनि संसदीय समितिमा सदस्य चयन भएका छन् ।

वरिष्ठताको नवौं नम्बरमा रहेका कुलबहादुर गुरुङ संसदीय समितिमा अटाएनन् । साथै बलबहादुर केसी, नरहरि आचार्य र प्रदिप गिरीभन्दा पछाडि रहेका बालकृष्ण खाँड, प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलाई समितिमा ल्याइएको छ ।

संसदीय समितिले केन्द्रीय कार्यसमितिको म्याण्डेट अनुसार असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने बताइएको छ ।