काठमाण्डौ – सन् २०१८ मा रुसमा हुने विश्वकपको छनोटको लागि छानिने ३२ राष्ट्र मध्ये आयोजक रुससहित २३ टोलीले स्थान सुरक्षित गरिसकेका छन् ।अफ्रिकालाई छाडेर सबै समूह चरण समेत समाप्त भएका छन् ।
यस्तै फ्रान्स, आइसल्यान्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पानामा, पोल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, सर्बिया, दक्षिण अफ्रिका, स्पेन र उरुग्वेले पनि आगामी विश्वकप खेल्न पाउने छन् ।
युरोपबाट प्ले अफ खेल्नेमा स्विटजरल्यान्ड, इटाली, डेनमार्क, क्रोएसिया, स्विडेन, उत्तरी आयरल्यान्ड, ग्रिस र गणतान्त्रिक आयरल्यान्ड छन् । प्ले अफ खेल्ने अरु देशमा न्युजिल्यान्ड, पेरु, होन्डुरस र अस्ट्रेलिया हुन् ।
यसैगरी चर्चामा रहेर पनि छनोट नभएका देशमा संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड, चिली, वेल्स लगायतका देश छन् ।
यसपटक युरोपबाट छनोट भएको आइसल्याण्ड र मध्य तथा उत्तर अमेरिकाबाट छनोट भएको पानामाले पहिलो पटक विश्वकप खेल्दैछन् । आइसल्याण्ड जनसंख्याको हिसावमा विश्वकपमा पुग्ने सबैभन्दा सानो मुलुक समेत हो ।
युरोपबाट आयोजक रुससहित १०, एशियाबाट ४, अफि्रकाबाट २, उत्तर तथा मध्य अमेरिकाबाट ३ र दक्षिण अमेरिकाबाट ४ टोलीले विश्वकप सहभागिता पक्का गरिसकेका हुन् ।