१५ साउन, वीरगन्ज । घरमा भित्र्याइएकी पत्नी वा बुहारीलाई चरम शारीरिक र मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाउने घटना तराईमा बढिरहेका छन् । तर घुमाउरो परिस्थिति र कानुन अभावमा यसरी यातना दिएर आत्महत्या गर्न बाध्य पार्ने दोषीले भने उन्मुक्ति पाउँदै आएका छन् । आवरणमा आत्महत्या देखिए पनि पृष्ठभूमिमा परिवारिक हिंसा र अत्याचार बढी जिम्मेवार देखिने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आर्थिक वर्ष २०७०/७१ मा १० जना विवाहित महिलाले झुण्डिएर र विष सेवन गरेर आत्महत्या गरेका छन् । प्रहरी प्रतिवेदनमा ‘घरायसी विवाद’ का कारण आत्महत्या भएको उल्लेख गरिए पनि प्रत्येक घटना केलाउँदा घरेलु हिंसा मुख्य कारकका रुपमा देखा परेको छ । आत्महत्या गर्ने विवाहित महिला १९ देखि ३५ वर्षका रहेको अन्नपूर्ण पोस्टमा खबर छ । दाइजोको निुहँमा परिवारका सदस्यबाट पाएको यातना सहन नसकेर वीरगन्ज-१७ पिपरीकी १७ वर्षकी अनितादेवी पटेलले आइतबार घरभित्रै झुन्डिएर आत्महत्या गरिन् । चार वर्षअघि विवाहित उनका एक वर्षका छोरा छन् । अनिताका बाबु मदनप्रसाद कुर्मीले ज्वाइँ अमित पटेललाई तीन लाख नगद दिनुपर्ने वा कुनै जागिर लगाइदिनुपर्ने सर्त पूरा गर्न नसकेकाले छोरीलाई चरम यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाए । वीरगन्ज-१८ भिस्वाटोलकी अनिता देवीले बिहे भएको एक महिना ६ दिन नवित्दै गत असार ७ गते विष सेवन गरेर आत्महत्या गरेकी थिइन् । उनका काका लक्ष्मण कलवारले ज्वाइँ विजय कलवारलाई दाइजोबापत मोटरसाइकल दिन ढिलो हुँदा चरम यातना दिएर भतिजीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका छन् ।
ताजा समाचार
Club World Casino Promotions Overview
З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...
USA Casino No Deposit Bonus Codes 2024
З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...
Spin Palace Casino Flash Play Now.1
З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...
1win официальный сайт букмекерской конторы 1вин.3018 (2)
1win — официальный сайт букмекерской конторы 1вин
▶️ ИГРАТЬ
...
Vavada Зеркало Вход на официальный сайт.376 (3)
Вавада казино | Vavada Зеркало Вход на официальный сайт
...




