काठमाडौं – शनिबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो पहिलो पृष्ठमा स्थान दिएका छन् । विशेषगरी दलीय गठबन्धनको विविध पाटा–पक्षबारे आज पनि पत्रपत्रिकाहरुले विश्लेषण गरेका छन् ।
प्रहरी संगठनभित्र यतिबेला ३० वर्षे सेवा अवधि हटाउने विषयले खैलाबैला मच्चिएको छ । यो विषयलाई पनि आजका केही पत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।
संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित सातावटा मन्त्रालयको खाका तयार पारेको विषयलाई आजका पत्रपत्रिकाहरुले समेटेका छन् ।
नेपालीभूमिमा भारतीय बस्ती बस्दै आएको, डा. गोविन्द केसीको अनशनप्रति सरकार गम्भीर नबनेकोलगायतका खबर आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा अटाएका छन् ।