बार्सिलोना/ गैर आबासीय नेपाली संघको निर्बाचनमा ईलोक्टोनिक भोटिङ् मेसिनको प्रयोग हुने भएको छ। अक्टोबर १४ देखि १७ सम्म हुने संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने चुनाबी पक्रियामा ईलोक्टोनिक भोटिङ् मेसिनको प्रयोग हुने भएको हो।
निर्बाचन समितिको मंगलबार सम्पन्न बैठकले उक्त निर्णय गरेको छ। निर्बाचनलाई ब्यबस्थित र परिमार्जित गर्नको लागि विद्युतिय माध्यमको प्रयोगबाट मतदान प्रक्रिया सम्पन्न हुने समितिले जनाएको छ। 





