मिस चर्बीको ताज रस्नालाई (फोटो फिचर)


राजाराम पौडेल, पोखरा – पोखरामा आयोजित मिस चर्बी २०१७ को ताज रस्ना लामा तामाङले पहिरिन सफल बनिन् । अन्तिम प्रतिष्पर्धामा सहभागी अन्य ९ जना प्रतियोगीलाई पराजित गर्दै उनले ताज पहिरिएकी हुन् ।

होल्डीङ ह्यान्डस् फेसन होम प्रालिले आयोजना गरेको प्रतियोगीतामा सोनिक्क्षा गुरुङ फस्ट रनरअप, विन्दु कुँवर सेकेन्ड रनरअप र सेलिना रानामगरले भिवर च्वाइसको पुरस्कार जिते ।

क्षमता भएर पनि मोटोपनाका कारण पछाडि परेका तथा आफनो क्षमतालाई देखाउन नसकेका युवतीलाई लक्षित गरी आयोजना गरिएको आयोजकले जनाए । कार्यक्रममा विभिन्न प्रस्तुती मार्फत  उपस्थित दशर्कलाई मनोरञ्जन प्रदान गरिएको थियो ।अब छिट्टै नै मिसेस चर्बीको आयोजना गर्ने तयारीमा आफुहरु रहेको आयोजकले बताएका छन् ।

हेरौ कार्यक्रमका झलकहरु :

तस्विर: ss