काठमाडौं – एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने र चुनावलगत्तै पार्टी एकता गर्ने सहमति भएको छ । राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाहरु यही विषयले रंगिएका छन् ।
तीन दलबीच बनेको समझदारीलाई अस्वभाविकको संज्ञा दिँदै कांग्रेसले बृहत प्रजातान्त्रिक मोर्चाको तयारी गरेको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् ।
मतदाता संख्या १ करोड ५४ लाख पुगेको, विश्व प्रतिष्पर्धामा नेपालको अवस्था सुधार भएकोलगायत खबर आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।