कास्कीको विरेठाँटीमा क्यानोनिङ


राजाराम पौडेल,पोखरा- विरेठाँटी क्यानोनिङ प्रालिले अन्नपुर्ण पदमार्गको प्रवेशद्धवार कास्कीको अन्नपुर्ण ८ विरेठाँटी लामाखेतमा साहसिक खेल क्यानोनिङ व्यवसायीक रुपमा संचालनमा ल्याएको छ । करिव १ करोडको लगानीमा निर्माण भएको क्यानोनिङ स्थलमा स्थानिय परिकार रेष्टुरेन्ट, लगायतको सुविधा छ । स्थानिय युवाहरु पुर्ण गुरुङ, सुरेश गुरुङ, विष्णु गुरुङ र विजय गुरुङको सयुक्त लगानी रहेको यस क्यानोनिङमा पोखरा देखि जानेहरुका लागि दैनिक रुपमा यातायातको व्यवस्था गरिएको छ ।

क्यानोनिङ स्पटमा लाने–ल्याउने तथा खाने–बस्ने प्याकेजसहितको व्यवस्था कम्पनीले सुविधाका रुपमा उपलब्ध गरेको छ । कम्पनीले यतिबेला ओपनिङ्ग आवर भनेर प्याकेज समेत ल्याएको छ । अन्य समयमा ५ जना भन्दा बढि समुहमा आउनेहरुलाई विशेष सहुलियतको व्यवस्था पनि कम्पनीले गरेको छ ।


गर्मी होस् वा जाडो जुनसुकै मौसममा पनि क्यानोनिङको मज्जा लिन सकिने भएकाले यसबाट पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा संचालकहरुले राखेका छन । दक्ष गाइडहरुका साथ ५० मिटरको डोरीमा झुन्डिएर खेलिने खेलका लागि यस पदेली छहरा सम्पुर्ण कारणले उपयुक्त रहेको बताएको छ । क्यानोनिङ गर्नुअघि दुर्घाट्ना बिमा र सुरक्षाका लागि टाउकोमा हेलमेट, वेटसुट (विशेष किसिमको कपडा) तथा हारनेस सेट अनिवार्य कम्पनीले व्यवस्था गर्ने छ । पोखरानजिकैको छोटो दूरीमा अवस्थित यो क्यानोनिङमा आन्तारिक तथा वाह्य पर्यटकहरु क्यानोनिङ गरि विभिन्न पर्यटकिय गाँउहरुको भ्रमण गर्न सक्नेछन । कास्कीका विभिन्न रमणिय गाँउहरु जानका लागि बाटैमा पर्नेभएकाले पनि पर्यटकहरुले यसको मज्जा लिने विश्वास संचालकको छ ।