पोखरा – सात तालको बाटिका शहरले परिचित लेखनाथ क्षेत्रमा रहेका तालहरु पोखरीमा परिणत हुने होकी भन्ने चिन्ता पर्न थालेको छ । मानव र प्रकृतिको अतिक्रमण र यसको संरक्षण हुन नसक्दा सात ताल मध्ये ५ वटा तालको अस्तित्वनै गुम्ने अवस्थामा पुगेको छ ।
सात तालको शहर भनेर भनिरहदा लेखनाथमा रहेको बेगनाश र रुपाको मात्र अवस्था केही मात्रामा ठीक भएतापनि गुदे, खाष्टे, न्युरेनी, दिपाङ, मैदी र खाष्टे तालको अवस्था भने पोखरी जस्तै भएको छ । यी पांच वटा तालको अस्तित्वनै गुम्ने खतरामा पुगेका छन । यी पांच तालको संरक्षण र प्रवद्र्धन हुन नसक्दा नत ती तालहरुमा पर्यटनको आगमन हुन सकेको छ त न कोही संस्थाले संरक्षणमानै ध्यान दिएको छ ।
गुंदे ताल संरक्षण बिकास समितीका अध्यक्ष सूर्यनाथ भण्डारीले गुंदे तालको संरक्षणको लागी भन्दै तत्कालिन अवस्थामा राष्ट्रिय ताल संरक्षण समितीले विभिन्न ब्याक्तिहरुको जग्गा अतिक्रमण गरेर बांध लगाएको र जग्गा फुकुवा नगर्दा जग्गाधनीलाई अफ्ठेरो परेको वताए । जग्गा फुकुवा गराउनका लागी पटक पटक पोखरा उपत्यका नगरबिकास समिती र ताल संरक्षण समितीमा गएको भएतापनि पिडितहरुको सुनुवाइ हुन नसकेको उनको भनाइ रहेको छ ।
त्यसो त गुंदे तालमा स्थानियको जग्गा अतिक्रमण गरी बांध बाध्ने काम भएतापनि यसको उचित संरक्षणमा कोही कसैले चासो देखाएको छैन । गुंदे ताल संक्षण समितीका सल्लाहकार बोम बहादुर घर्तीले आफुहरुले स्थानिय स्तरबाटै तालको संरक्षणका काम थालेको भएतापनि कोही कसैको सहयोग विना यसको बिकास अगाडी वढ्न नसक्दा पर्यटकको आगमन हुन नसकेको वताउछन । जनप्रतिनिधी बिहीन हुदा काम अगाडी नवढेकाले अव जनप्रतिनिधी चुनिएर आएकाले अव केही हुने होकी भन्ने आशा आफुहरुमा जागेको घर्तीको भनाइ थियो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ मा रहेको गुंदे ताल मानविय अतिक्रममा नपरेपनि प्राकृतिक विपतिले गर्दा विभिन्न समयमा पुरिदै आएको छ । हाल सम्म सरकारी तवरबाट केही काम हुन नसकेको गुंदे तालको बिकासका लागी सरकारी भन्दापनि गैरसरकारी संस्था र पर्यटन ब्यवशायीले सहयोग गरेको खण्डमा बिकास हुने र पर्यटनको आगमन हुन सक्ने वडा नम्बर २६ का वडा अध्यक्ष नारायण बरालले वताए ।
पोखरा लेखनाथ महानगर अन्तर्गत लेखनाथ क्षेत्रमा अवस्थित सात तालमध्ये पांच तालको अवस्था अति दयनिय बनेको छ । नत यसको संरक्षण हुन सकेको छ नत यसको प्रवद्र्धननै त्यसैले यी तालहरुको संरक्षण र प्रवद्र्धन गर्न सकेको खण्डमा पक्कैपनि प्राकृतिक मनोरम र सिमसारमा रम्ने पर्यटकका लागी फलदायी हुने थियो ।
साततालको बाटिका शहरका नामले परिचित लेखनाथ क्षेत्रमा सात वटा तालको शहर भएतापनि धेरैलाई सातवटा तालको बारेमा त्यती जानकार छैन । लेखनाथ प्रवेश गर्ने कोत्रेदेखि लेखनाथ को अन्तिम बिन्दु बिजयपुर खोला सम्मको पृथ्वीराजमार्ग सडक खण्डमा कही पनि सात ताल मध्ये कुनै एक ताल जाने बाटो भनेर पनि जानकारी दिने सन्देशमुलक वोर्ड राखिएको छैन । वोर्डहरु नहुदा पनि सात ताल घुम्ने पर्यटकहरु अन्यौलमा पर्ने गरेका छन । यहांका पर्यटन ब्यवशायीहरु बेगनास र रुपा ताललाई देखाएर आफ्नो ब्यवशाय सञ्चालन गर्दै आइरहेका भएतापनि यिनीहरुले अन्य पांचवटा तालको न संरक्षणमानै चासो देखाएका छन नत यसको प्रवद्र्धनमानै ।
लेखनाथ क्षेत्रमा पर्यटनको वहाव वढ्न नसक्नु र यो क्षेत्रमा रहेका तालहरुको प्रवद्र्धन हुन नसक्दा लेखनाथ क्षेत्रको तालहरुको अवलोकनका लागी पर्यटकको आवागमन हुन नसकेको होटेल एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दुर्गा अधिकारी वताउछन । अधिकारीका अनुसार पछिल्लो समय सात ताललाई रिङ रोड मार्फत जोड्ने काम भइरहेको र यसलाई सरकारी स्तरबाट सहयोग पुगेको खण्डमा पक्कैपनि लेखनाथमा रहेका तालहरुमा पर्यटकको आगमनमा वृद्धि हुने देखिन्छ ।
लेखनाथ क्षेत्रमा पर्यटकलाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरु नहुनु र ठूला लगानीकर्ताहरुलाई भित्रयाउन नसक्दा विदेशी पर्यटकहरुको आगमन हुन नसकेको वताउदै फेवा पछिको दोश्रो गन्तब्य बेगनास र रुपा भएतापनि अन्य तालमा अझैपनि पुग्न नसकेको वताउछन । थापाले अन्तराष्ट्रिय बिमानस्थलको निर्माण पश्चात पक्कैपनि साततालको बाटिका शहरमा पनि पर्यटकको आगमनमा वृद्धि भएर जाने समेत वताए ।
पोखराको मुख्य पर्यटकीय केन्द्र फेवा ताल पछि दोश्रो क्रममा बेगनास र तेश्रोमा रुपा तालले पर्यटकलाई आकर्षण गर्दै आएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ अन्तर्गत पर्ने बेगनास र रुपातालपनि दिन प्रतिदिन प्राकृतिक अतिक्रमणका कारण पुरिने र सागुरिदै गइरहेका छन । यसको संरक्षण र प्रवद्र्धनका लागी स्थानिय र सरकारी तवरबाट र अन्य पर्यटन संग सम्बन्धीत संघ सस्थाको सहयोगबाट अगाडी वढ्ने ३१ नम्बर वडाका अध्यक्ष कमल थापा वताउछन ।
सुचना अहिले अपरिहार्य चिज बन्दै आइरहेको छ । सुचनाको युगमा अहिले पनि लेखनाथका पर्यटन ब्यवशायीहरुले सात तालको बारेमा कुनैपनि जानकारी मुलक सुचनाहरु राजमार्गमा राख्न नसक्दा पनि कतिपय पर्यटकहरुले सात ताल जान अलमलमा पर्ने गरेका छन । आधुनिक युगमा पनि सुचनाको प्रवाह हुन नसक्नु यसको प्रवद्र्धनमा पछाडि पर्नु हो त्यसैले सात तालको बारेमा विभिन्न स्थानमा जानकारीमुलक वोर्डहरु राख्न सकेको खण्डमा तालको बारेमा घुम्न चाहने पर्यटकका लागी सजिलो हुने थियो ।
लेखनाथ क्षेत्रमा पर्ने सात वटा तालको प्रवद्र्धन हुन नसकेको भन्दै हालै पोखराका पर्यटन ब्यवशायीहरुले सात तालको अवलोकन भ्रमण गरी यसको प्रवद्र्धन, सम्भावना र चुनौतीको बारेमा अध्ययन गरेको छ । ३८ औ विश्व पर्यटन दिवस २०१७ को अवसर पारी ट्रेकिङ एजेन्सी एशोसियसन नेपाल (टान) पश्चिमाञ्चमाञ्चल क्षेत्रिय संघले विभिन्न पर्यटन ब्यवशायी, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधीहरुलाई स्थलगत भ्रमण गराइ तालको अवस्थाको बारेमा जानकारी गराएको हो ।
टानका कार्यसमिती सदस्य किसम कुमारी गुरुङको संयोजकत्वमा सात ताललाई नया गन्तब्यका रुपमा स्थापित गराउन र पोखरामा केन्द्रित पर्यटकलाई लेखनाथ क्षेत्रमा रहेको तालहरुतर्फ उन्मुख गराउनका लागी पर्यटन दिवसको अवसर पारी तालको अवलोकन र प्रवद्र्धनका लागी कार्यक्रम गरिएको टान पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष हरि भुजेलले वताए । भुजेलले पोखरा आउने पर्यटकका लागी नया गन्तब्यका रुपमा सातवटा ताललाई स्थापित गराउन र पर्यटकको बसाइ लम्ब्याउनका लागी पनि सात तालले ठूलो भुमिका हुने वताउदै अन्य पर्यटन ब्यवशायीहरुले पनि यसबारेमा ध्यान दिनुपर्नेमा जोड दिए ।
सात ताल अवलोकनको क्रममा केही तालहरुका संरक्षण र प्रवद्र्धनको आवश्यक्ता देखिएको पर्यटन ब्यवशायी टिकाराम सापकोटाले वताए । केही तालहरु संरक्षणको अभावमा पानीनै नदेखिने अवस्थामा पुगेकाले यसलाई संरक्षण गरी तालमा सञ्चालन हुने विभिन्न क्रियाकलापहरु सञ्चालन गर्न सकेको खण्डमा पक्कैपनि साततालको बासिन्दा र तालको मुहार फेरिने सापकोटाको भनाइ रहेको छ ।
पर्यटन ब्यवशायी संग तालको अवलोकनमा पुगेका पोखरा उपत्यका नगरबिकास समितीका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले पोखरा उपत्यका नगरबिकासले चाहेर मात्र तालको प्रवद्र्धन र संरक्षण नहुने वताउछन । राष्ट्रिय ताल संरक्षण समितीले पोखरा उपत्यका नगर बिकास समितीले पठाएको रिपोर्टको बारेमा कुनै चासो नदेखाउदा अझैपनि ताल छेउमा रहेका स्थानियका जग्गाहरु अझैपनि अन्यौलमा परिरहेको वताए । पोखराका ८ वटै तालको संरक्षण र प्रवद्र्धनका लागी पोखरा उपत्यका नगरबिकास समिती तदारुकताका साथ काम गर्न तयार रहेको समेत श्रेष्ठले वताए ।
पोखरा उपत्यकामा रहेका ८ वटा तालको संरक्षणको जिम्मा पाएको पोखरा उपत्यका नगर बिकास समिती र राष्ट्रिय ताल संरक्षण समितीले सिमसार क्षेत्रमा परेका तालको संरक्षणको बारेमा त्यती चासो दिएको पाइदैन । सम्बन्धीत निकायले यसरी प्राकृतिक सुन्दरताले भरिपूर्ण तालहरुको संरक्षणमा जोड नदिने होभने केही वर्षमा साना तालहरुको अस्तित्व समाप्त भएर जाने पक्का छ । त्यसैले यसको संरक्षणका लागी सम्बन्धीत निकायले वेलैमा ध्यान दिनु जरुरी देखिन्छ । पत्रकार गिता राना मगरले खबर लेखेका छन् ।