बार्सिलोना / गैर आबासीय नेपाली संघ एनआरएनएको आठौ अन्तराष्ट्रिय महाधिबेशनमा पोर्चुगलका भीम केसी (कमल) युरोप उपसंयोजक पदमा चुनाव लड्ने भएका छन्।एनआरएनए पोर्चुगलका निर्बमान अध्यक्ष समेत रहेका केसी युरोप उपसंयोजक पदमा उमेम्दवारी घोषणा गर्दै चुनाव लड्ने भएका हुन्।
यसअघि उनि एनआरएन पोर्चुगलको उपाध्यक्ष,सल्लाहकार हुँदै राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा रही जिम्मेबारी निर्बाह गरेका थिए भने अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको मिडिया कार्यदलको सदस्यमा रही काम गरेको अनुभव समेत रहेको छ।
बागलुङ्ग जैमुनी स्थायी घर भएका केसीले नर्वेबाट बिशेष शिक्षा शास्त्रमा पोष्ट ग्राजुएट,त्रिभुवन विश्वविद्यालबाट कानुनमाबिएल, लेखामा बीबीएस र शिक्षामा एमएड सम्मको अध्ययन पुरा गरेका छन्। केसीको उम्मेदवारीलाई राष्ट्रिय समन्वय परिषद पोर्चुगल लगायत बिभिन्न संघ संस्थाहरुले समेत समर्थन गरेका छन्।
पोर्चुगलमा हालै सम्पन्न एक कार्यक्रमलाई सम्बोधन गर्दै केसीले भने,’पोर्चुगलबासी नेपालीहरुको भाबानालाई समेटेर म चुनाव लड्ने छु,पोर्चुगलका आबाजलाई लण्डन,डेनमार्क र स्पेनमा बसेर उठाउन सकिदैन। राजदूताबासको अभियानलाई तपाईहरु कै बिचमा बसेर कार्यसमितिमा पुगेर लड्ने छु भन्ने प्रतिबद्दता जनाउन चाहान्छु।”