काठमाडौं – एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् ।
केन्द्रीय कमिटिको बैठकमा शनिबार बोल्नेमध्ये धेरै नेताले तत्काल प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर चुनावी तयारीमा होमिँदा पार्टीको पक्षमा देशव्यापी माहोल हुनसक्ने सुझाव दिएका छन् ।
तर, नेता माधवकुमार नेपालनिकट केन्द्रीय सदस्यहरुले भने त्यसरी उम्मेदवार तय गर्दा पार्टीविरुद्ध घेराबन्दीसहित विपक्षीको सम्भावित मोर्चाबन्दी सामना गर्नुपर्ने भन्दै तत्काल निर्णय गर्न उचित नहुने सुझाव राखेका छन् ।
संस्थापन पक्षका अधिकांश केन्द्रीय सदसयले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा पक्षमा चुनावी माहोल सिर्जना हुनसक्ने धारणा राखेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।