प्रचारको अन्तिम दिन दलका शीर्ष नेताहरु विभिन्न जिल्ला पुग्दै


काठमाण्डौ – असोज २ गते हुने  प्रदेश नम्बर २ को निर्वाचन दलका नेताहरु आफ्नो पक्षमा पार्न सक्रिय बनेका छन् ।
शुक्रबार दलका शीर्ष नेताहरु प्रचारको अन्तिम दिन विभिन्न जिल्ला पुग्दैछन् ।

दलहरूको चुनावी आकलन :

कांग्रेस : १०० तह ,

एमाले : ७१ तह,

माओवादी : ४७ तह,

राप्रपा : २४ तह,

राप्रपा (प्र) : २२ तह,

राजपा : ६० तह,

फोरम : ५० तह

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव

उपेन्द्र यादव शुक्रबार दिनभर सिरहाका स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन् । बिहान ८ बजे बन्दीपुरबाट सुरु भएको कार्यक्रम कल्याणपुरमा पुगेर साझ ६ बजे निर्वाचन कार्यक्रम समापन हुनेछ । यसबीचमा उनी ११ वटा चुनावी सभामा सहभागी हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

शरत्सिंह भण्डारी : पर्साको चुनावी प्रचारमा सहभागी हुनेछन् । उनी वीरगन्ज महानगरपालिकाका वडामा केन्द्रित कार्यक्रममा सहभागी हुने राजपा महामन्त्री केशव झाले जानकारी दिए ।

महेन्द्र राय यदव : सर्लाहीका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी हुने राजपा नेता उपेन्द्र महतोले जनाकारी दिए ।

राजेन्द्र महतो : शुक्रबार बिहान धनुषा र राजविराजको कार्यक्रममा सहभागी भएर दिउँसो रौतहटको गौरमा व्यस्त हुनेछन् ।

मनीष सुमन र केशव झा : महामन्त्री मनीष सुमन शुक्रबार सप्तरीको फकिरा, तोपा र कल्याणपुर गरी तीन स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन् । महामन्त्री केशव झा सप्तरीकै तिलाठी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकामा सहभागी हुनेछन् ।

अनिल झा : शुक्रबार बिहान जनकपुर उपमहानगरको कार्यक्रममा सहभागी भई दिउँसो रौतहटको गौर र आसपासका स्थानीय तहमा प्रचारप्रसारमा व्यस्त हुनेछन् ।

नेपाल लोकतान्त्रिक फोरम :  नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार शुक्रबार तीन जिल्लामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन् । पार्टी महामन्त्री भारतेन्दु मल्लिकका अनुसार गच्छदारले बिहान साढे ११ बजे सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनुषाको जनकपुर र सर्लाहीमा आयोजित चुनावी सभामा सहभागी हुनेछन् । लोकतान्त्रिक फोरमले प्रदेश नं. २ को स्थानीय तह निर्वाचन परिचालनका लागि १५२ केन्द्रीय सदस्य खटाएको छ । सबैले आ–आफ्नो जिम्मेवारीअनुरूपको काम गरिरहेको महामन्त्री मल्लिकले जानकारी दिए ।

राप्रपा : राप्रपा अध्यक्ष कमल थापा चुनावी प्रचारमा नजाने भएका छन् । राप्रपाले प्रदेश नं. २ अन्तर्गतका १३६ स्थानीय तहमा हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको थियो । तामाङले शुक्रबार १ बजे बाराको अमलेखगन्जमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तामाङले प्रदेश नं. २ बाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्य, सांसदलाई खटाएको र उनीहरूले आ–आफ्नै तरिकाले निर्वाचन प्रचारप्रसार गरिरहेको बताए ।

राप्रपा प्रजातान्त्रिक : निर्वाचनको प्रचारप्रसारको कार्यक्रममा सहभागी हुन राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणा शुक्रबार प्रदेश नं. २ मा पुग्दै छन् । राणाका स्वकीय सचिव केशव कटुवालका अनुसार उनले दिउँसो साढे १ बजे बाराको परवानीपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि पर्साको वीरगन्जमा रहेको भिस्वा होटेलमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । राप्रपा प्रजातान्त्रिकले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलसँग तालमेल गरेको छ ।

बाबुराम शनिबार बिहानसम्म प्रदेश नं. २ मै
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म चुनावी प्रचारमा व्यस्त हुने भएका छन् । शुक्रबार बारा, रौतहट र पर्साका विभिन्न चुनावी सभामा सहभागी हुनेछन् । बाराको सिमरामा बिहान १० बजे कार्यक्रम राखिएको नयाँ शक्तिले जनाएको छ । त्यसपछि ११ बजे रौतहटका विभिन्न क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्न जानेछन् । दिउँसो २ बजे बाराको परवानीपुर र बेलुका ५ बजे वीरगन्जमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने नयाँ शक्तिले जनाएको छ ।

रामचन्द्र पौडेल
-पर्साको पोखरिया नगरपालिका :चुनावी सभा बिहान ९ बजे
-कलैया नगरपालिका : चुनावी सभा १ बजे
-वीरगन्ज महानगरपालिका : चुनावी सभा २ बजे

डा. शशांक कोइराला
-कलैया नगरपालिका : चुनावी सभा १ बजे
-वीरगन्ज महानगरपालिका : चुनावी सभा २ बजे

झलनाथ खनाल
-बाराको कोहल्वी नगरपालिका : १२ बजे
-बाराका विभिन्न स्थानमा २ः३० बजेबाट घरदैलो
-पर्साको वीरगन्ज साँझ ६ बजे

माधवकुमार नेपाल
-चन्द्रपुर नगरमा चुनावी भेटघाट : बिहान ७ बजे
-धनुषाको मिथिला, गणेशमानसारनाथ, धनुषाधाममा ९ देखि १२ बजे कोणसभा
-सिरहाको गोलबजारमा चुनावी सभा : दिउँसो १२ बजे

शक्रबार राती १२ बजेदेखि मौन अवधि : के गर्न पाइँदैन ?

– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन ।
– मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री दलहरूले हटाउनुपर्ने ।
– एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने ।
– उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न-गराउन नपाइने ।
– उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने ।