पोखरा । कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लि. केन्दीय कार्यालय वालिङ्ग, स्याङ्गजाद्धारा आयोजित फिल्ड सहायक कर्मचारीहरुका लागी दुई दिने फिल्ड तथा केन्द्र ब्यबस्थापन र सफ्टवेर सम्बधि तालिमको उद्घाटन पोखरामा शनिबार बैंकका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतले गरे ।
कार्यक्रममा बस्नेतले कर्मचारीहरुले यस तालिमबाट सिकेर कार्यक्षेत्रमा खट्नुपर्ने कुरा वताए । बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बेैंकले कर्मचारीहरुलाई बिभिन्न तालिमहरु आयोजना गरेर दक्ष बनाउन लागी परेको वताए । कार्यक्रम प्रशिक्षकहरु ग्लोबल आई.एम.ई बैंकका महेन्द्र अधिकारी, गरिमा बिकास बैंकका नविन प्याकुरेलले लघुवित्तका बिभिन्न बिधामा प्रशिक्षण दिएका थिए ।
