बसन्त रानाभाट बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एआरएनए) का राष्ट्रिय समन्वय परिषदहरुको अधिबेशनले युरोपको बाताबरण चुनाबमय बनेको छ। बिश्व सम्मेलन अगावै राष्ट्रिय समन्वय परिषदहरुले अधिबेशन गर्नु पर्ने संघको प्राबधान रहेको हुँदा अधिबेशनसँगै चुनावी चहलपहल ह्ववात्तै बढेको हो।
सबै भन्दा बढी २७ बटा राष्ट्रिय समन्वय परिषदहरु रहेको युरोप क्षेत्रमा बेल्जियम,नेदरल्यान्डस र स्विट्जरल्यान्ड्सले नयाँ नेतृत्व पाएका छन्।
बेल्जियममा दाहाल बिजयी
सर्बाधिक चासो ठानिएको बेल्जियम एनआरएनको छैटौ अधिबेशनबाट लोकप्रसाद दाहाल अध्यक्षमा निर्बाचित भएका छन्। अध्यक्षका प्रतिद्वन्दी सुबास जोशी (सन्तोष) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजयी बनेका हुन्। निबर्तमान कार्यसमितिका महासचिव समेत रहेका दाहालले १ हजार १ सय ८३ मत प्राप्त गरेका थिए।
नेपाली जनसम्पर्क समिति बेल्जियमका निर्बमान अध्यक्ष जोशीले एमाले निकट प्रबासी नेपाली मञ्चको समेत समर्थन पाएका थिए भने दाहाललाई आदिबासी जनजाति महासंघ लगायत माओबादी बिचारधारा रहेका समर्थकहरुको समर्थन थियो। जोशीको पराजय सँगै बेल्जियम काँग्रेसमा ठुलो बिबाद र तरङ्ग पैदा भएको छ।

यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा १ हजार ३ सय ६५ मत ल्याई सरु चापागाईं र १ हजार १ सय ३२ मत प्राप्त गर्दै पदम गुरुङ बिजयी बनेका छन्। आईसीसी सदस्य कै अर्का प्रतिस्पर्धी चित्र सुबेदीले भने ९ सय ९६ मत प्राप्त गरे।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा कमल पन्थी,उपाध्यक्षमा खड्ग बहादुर के.सी, योगिता थापा ,महासचिवमा आङमाया लामा शेर्पा,सचिवमा प्रेम तिमिल्सिना,जीवन शर्मा,महिला सचिव मुना ताम्राकार,कोषाध्यक्षमा दर्शन गुरुङ ,युवा संयोजक रविन पण्डित र महिला संयोजकमा हरी भट्टराई निर्बाचित भएका छन्।
यस अघि नै संघको प्रथम उपाध्यक्ष गोबिन्द सिह अधिकारी र महिला उपाध्यक्षमा अनुजा प्रधान निर्विरोध बनेका थिए। यस्तै अधिबेशनबाट संघका बिभिन्न क्षेत्रीय संयोजक तथा सदस्यहरु पनि निर्बाचित भएका छन्।
नेदरल्याण्डसको नेतृत्वमा शर्मा
गैर आबासीय नेपाली राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसको अध्यक्षमा ३ सय ७९ मत ल्याएर ठाकुर प्रसाद शर्मा (मनोहरी) बिजयी भएका छन्। उनका प्रतिस्पर्धी टिकाराम सापकोटाले भने १ सय ६१ मत मात्र प्राप्त गरे। संयुक्त समावेशी समुहबाट समर्थन पाएका शर्माले सापकोटा भन्दा २ सय १८ बढी मत ल्याएर बिजयी बने।
यसैगरी संघको आइसीसी सदस्यमा ३ सय ३४ मत ल्याएर हिमाल गुरुङ बिजयी बनेका छन्। उनका प्रतिस्पर्धी बिनोद बस्नेतले भने २ सय ८ मत मात्र प्राप्त गरे।

आईतबार सम्पन्न संघको सातौ अधिबेशनबाट बनेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु वास्तोला, उपाध्यक्षमा भिम बहादुर रोका,पारस राई निर्बाचित भएका छन्। संघको महासचिवमा जितेन्द्र कुमार श्रेष्ठ, सचिवमा शान्ति घले, कोषाध्यक्षमा मिन बहादुर पुर्जा, सहकोषाध्यक्षमा द्रोर्ण रिजाल, युवा संयोजकमा विवेक गौतम निर्बाचित बनेका छन्।
महिला संयोजकमा अर्चना पाण्डे भने यस अघि नै निर्बिरोध बनेकी थिईन्। यस्तै संघका क्षेत्रीय तथा खुल्ला सदस्यहरु पनि निर्बाचित भएका छन्।
स्वीट्जरल्याण्ड अध्यक्षमा गुरुङ्
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको नयाँ नेतृत्वको जिम्मेबारी भुमिराज गुरुङले सम्हालेका छन्। आईतबार सम्पन्न संघको पाँचौ अधिबेशनबाट अध्यक्षमा बिजयी बने पछि संघको नेतृत्व गुरुङले सम्हालेका हुन्। अध्यक्षमा गुरुङले १ सय ५६ मत ल्याई बिजयी बने भने अध्यक्षका अर्का प्रत्यासी सिमा गौतमले ६२ मत मात्र प्राप्त गरिन्।

यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्य पदका लागि भएको निर्बाचनमा १ सय १६ मत प्राप्त गर्दै राम कुमार महत बिजयी बनेका छन्। अर्का प्रत्यासी धर्म गुरुङले भने १ सय २ मत प्राप्त गरेका छन्। महासचिव पदका लागि भएको निर्बाचनमा शुक्र श्रेष्ठ बिजयी बने। श्रेष्ठले १ सय ३२ मत ल्याई बिजयी भएका हुन्। उनका प्रतिद्वन्दी फडिन्द्र पन्तले ८० मत मात्र प्राप्त गरे।
अन्य पदहरुमा भने यस अघि नै निर्बिरोध भएको थियो। कार्यसमितिको उपाध्यक्षमा बिजय बाबु आचार्य,शिब सुब्बा कोषाध्यक्षमा प्रमोद भट्ट ,सचिबमा दिपेन्द्र रावत,युवा संयोजकमा राजेन्द्र भण्डारी र सदस्यमा गोपाल तामाङ् निर्बिरोध निर्बाचित भएका छन् ।