अनुत्तरित प्रश्न “जिन्दाबादले कि मुर्दाबादले”?


हेमन्त रानाभाट

आज बाउ रोएकाछन््,हुन त कहिले नै आँखा ओभाना थिए र ? तर आज डरले काम्दै रोएका छन््, त्यो कालो दिन त्यस्तै थियो, हो -हल्ला पनि त्यस्तै फेरि,उनका कानमा परेका शब्द पनि त्यस्तै उफ्,”जिन्दाबाद अनि मुर्दाबाद” यस्तै यस्तै आबज सगै छोराले बाबुसँगबाट अन्तिम बिदाई लिएको थियो ।

जिवनले बाच्नुको एउटै अर्थ छाड््छ ,किनकी उनको जिवनमा छोरा थियो हैन भने यो घटना क्रमले साहेद उनि जिन्दगीमा फेरी भेटिने थिएनन् होला । मिठो स्नेह र प्रेमका साथ जिबनसाथी अनि प्यारो छोरोलाई खाना खुबाई काम बिषेशले भिरको बाटो लागेकी उनकी जहान कहिल्यै फर्किनन््, त्यो नियतिले यस्तै बनाई दियो भिरले खाएकी जहानको बिछोडको ब्रज्रपातले छटपटिएका उनिलाई त्यहिँ छोरोको चेहेराले बचायो । अर्ध बैशे जिबनमा प्यारी संगिनिले छोडेर जादा त्यो छोरोले टुलु टुलु हेरेर नरोएको हुन्थो त सायद ,”उनि पनि त्यही बेगमा हाम फाल्न तयार भईसकेका थिए, जहाँ किनारको छेउमा प्यारी जल्दै थिईन् “।

मिस्त्री काम गरेर छोरो लाई पढाए,छोरोले पनि बाबुको त्यागलाई राम्रोसँग बुझेको थियो,पढाईमा अब्बल थियो,फलस्वरुप मास्टरी पनि पुरा गरी जागिरे पनि भयो ।
छोरो घरमा आउँदा मान्छेहरु जम्मा हुन्थे ,रातभरी कुरा गर्थे । तर उमेर ढल्दै गएका बाबु आफ्ना कुरा नबुझे पनि छोरो बुझ्ने छ भन्दै गर्ब गर्थे ,फेरी एकदिन “जिन्दाबाद मुर्दाबाद” भन्दै गाउँका युबाहरु उनकै आगनमा जम्मा भए,छोरोले बाबुसँग बिदा माग्दै गर्दा “जाउ भन्ने, न आट नै गर्न सके न रोक्न नै “।

जिन्दाबाद मुर्दाबाद भन्दै हुल सगै छोरो पनि निस्कियो । भोली पल्ट खबर आयो उनको प्राण प्रिय छोरा पनि संसारमा रहेनन् रे, छाडी गए रे, उनले “आफुलाई सम्हाल्न सकेनन् त्यही ढलेछन्” ।
फेरी ब्युझिदा त्यही नारा सुन्छन अनी त्यही गोरेटोमा, बस् आफ्नो छोरोको अन्तिमा पाईला जुन ठाउमा थियो त्यतै तिर तर यो पाली भने उनले त्यो हुललाई रोक्ने प्रयास गर्छन् । तर बिडम्बना उनका कुरा कसले सुन्ने ? कसले बुझ्ने ?

उनि धेरै डराएका छन् आज पनि,कसैलाई नसोधी आफैमा अनुत्तरित प्रश्न लिएर ओछ्यानमा पल्टी रहेका छन् केबल मृत्युको पर्खाइमा , केबल अनुत्तरित प्रश्न लिएर,”मेरो बाबुलाई कस्ले खायो,”जिन्दाबादले कि मुर्दाबादले”?