प्रधानमन्त्री देउवाले मंगलबार फेरि मन्त्रिमण्डल विस्तार गर्दै


भाद्र  – प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार फेरि आफ्नो मन्त्रिमण्डल विस्तार गर्दै छन् । उनले मंगलबार मन्त्रिमण्डलमा १५ जना राज्यमन्त्री थप गरेका हुन् । थपिएका राज्यमन्त्रीको आज दिउँसो तीन बजे पद तथा गोपनियताको शपथ गराइँदै छ । देउवाले आइतबार मात्रै माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए । मंगलबार प्रधानमन्त्रीले कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्य मन्त्री थपेका छन् ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल मंगलबार विस्तार भएसँगै ४९ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा ३  उपप्रधानमन्त्री सहित २६ मन्त्री र २३ राज्यमन्त्री छन् ।

मंगलबार थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन् । यसैगरी फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन् ।