पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको विश्व प्रसिद्ध पर्यटकिय क्षेत्र पातले छाँगो नजिक रहेको डेभिजफल खोलामा नवनिर्मीत ३९ मिटर लामो झोलुङगे पुलको शुक्रवार एक कार्यक्रमका विच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले उदघाटन गर्नु भएको छ ।
तत्कालिन जिल्ला विकास समिति कास्कीको आर्थिक तथा प्राविधीक सहयोगमा कुल १५ लाख ६७ हजार चार सय पाँच रुपयाँको लागतमा पुल निर्माण सम्पन्न भएको जिल्ला समन्वय समिति कास्कीका इन्जीनियर कृष्णप्रसाद जमरकट्टेलले बताए ।
उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि प्रा.डा. खनियाँले गुप्तेश्वर क्याम्पस र सिद्धार्थ राजमार्गलाई छोटो दुरीमा जोडेको हुनाले यस क्षेत्रका सर्वसाधारण र उच्च शिक्षा हासील गर्न पुल फलदायी हुने विश्वास व्यक्त गरे । पुल निमार्ण अगावै संरक्षण समिति बनेकोमा उनले सबै क्षेत्रमा यसरी नै लागीपर्न यहाँका स्थानियलाई उनले आग्रह समेत गरे ।
पुल निर्माण समितिका संयोजक एवं वडा नं. १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिनहरु प्रा.डा. कृष्ण गौतम र डिल्लीराज शर्माले शैक्षिक गुणस्तरका लागी विश्वविद्यालयले भरपुर सहयोग गर्ने वताए ।
सो अवसरमा क्याम्पस प्रमुख मनोरंज शर्माले स्वागत, क्याम्पस अध्यक्ष प्रा.डा. भुपति ढकाल, गुप्तेश्वर गुफाका अध्यक्ष विष्णुप्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष दिपेन्द्रबहादुर श्रेत्री लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने पुल निर्माणमा सहयोग पुयाएबापत इ .पदमबहादुर गुरुङ र जग्गादाता महाविरप्रसाद ज्वारचनलाई कदर पत्रबाट सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन झपीन्द्रराज रेग्मीले गरेका थिए ।