पोखरा – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको विपत व्यवस्थापन समितिको आह्वानमा नेपालको तराई क्षेत्रमा अविरल वर्षाका कारण पर्न गएको बाढीपहिरो धनजनको क्षति र घरबार विस्तापित रहेका व्यक्तिलाई केही मलमपट्टी लगाउने उद्देश्य राखी उपशाखा १०, ११ को नेतृत्वमा राहत संकलन कार्य सम्पन्न भयो ।
उपशाखा कार्यालय परिसरबाट शुभारम्भ गरिएको राहत संकलन कार्यमा सम्मर बहादुर श्रेष्ठको नेतृत्वमा उपशाखा १०, ११ का पदाधिकारी, महिला उपसमिति, श्रमिक बालबालिका सम्पर्क केन्द्र वडा नं. १०, १५ र राममन्दिर माछापुच्छे« महिला समूहका पदाधिकारीहरु गंगा कुँवर, सूर्यबहादुर बानिया, सिता तिमिल्सिना, कलावती शर्मा, जीवन श्रेष्ठ, माया भुजेल, लेकमाया पुन, हरिमाया भुजेल, निर्मला श्रेष्ठ, लक्ष्मी राजभण्डारी, नन्दु देवकोटा, विष्णु आचार्य, बुद्ध क्षेत्री, रविन परियार, कृष्ण कुमारी क्षेत्री, यम कुमारी ढकाल, सुकमाया गुरुङ्ग र नलु गुरुङको सहभागिता रहेको उक्त राहत संकलन कार्यमा वडा कार्यालय वडा नं.१० अमरसिंहचोक, उत्तमचोक, रक्षामार्ग, बुद्धचोक, गौरीमार्ग, रामबजार हुँदै कालिका मन्दिरमा गई सम्पन्न गरिएको थियो ।
राहत संकलन कार्यमा घरघरबाट सहयोग मिलेको र छिटोभन्दा छिटो राहत पु¥याउनुपर्ने सहयोगीदाताहरुको भनाई रहेको उक्त राहत संकलन कार्यमा ६० हजार संकलन भएको र उपशाखा १०, ११ बाट उक्त रकम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने समेत निर्णय गरिएको थियो । आजीवन सदस्यहरु र विदेशमा रहेका नेपालीहरुलाई समेत सहयोग गर्न आह्वान गरिएको उक्त कार्यमा बाढी र पहिरोमा परि दिवंगत भएका आत्माको चिर शान्तिको कामना गर्दै घाइते बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।





