काठमाडौं – सरकारी कर्मचारीहरुले सेवानिवृत्त भएपछि पाउने पेन्सनको भार राज्यले थेग्नै नसक्ने गरी बढ्दै गएको छ । ६ वर्षमा झन्डै साढे ६ अर्बले पेन्सनको भार बढेको खबर आजको पत्रिकामा छ ।
आज प्रकाशित पत्रपत्रिकाहरुले. सोलार परियोजना निर्माणबाट विश्व बैंकले हात झिकेको, प्रधानमन्त्री शेरबहादुर देउवाले मुग्लिन–नारायणगढ सडक खण्डको अवलोकन गरेको, आयल निगमले ६ गुणा मूल्य बढाएर जग्गा किनेकोलगायतका खबरलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् ।