फ्रयाङ्कफर्ट/ युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमले तेस्रो बार्षिकोत्सव समारोहमा विशिष्ट पाहुनहरुको उल्लेख सहभागिता रह्यो। जर्मनीको फ्रयाङ्कफर्टमा शुक्रबार सम्पन्न एक बिशेष समारोहमा महामहिम राजदूत देखि एआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल,गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो,पुर्ब अध्यक्ष जीवा लामिछानेले कार्यक्रमलाई सम्बोधन गरे।

जर्मनीका अवैतानिक बाणिज्य दूत रामप्रताप थापा,एनआरएन केन्द्रिय उपाध्यक्ष कुमार पन्त,महासचिव डा.बद्री केसी,संघका सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपीला राजभण्डारी,उप संयोजक रजनी प्रधान,युवा उप संयोजक लोकराज शर्मा, प्रबक्ता रन्जु थापा वाग्ले,युरोप संयोजक कुल आचार्य,आईसीसी सदस्य जमुना गुरुङ घले लगायतका अभियन्ताहरु पनि कार्यक्रममा सहभागिता जनाए।
कार्यक्रममा बीबीसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपाली,बीबीसी बिश्व सेवाका नवीन सिं खड्का,बीबीसी नेपाली सेवाका भगीरथ योगी,अनलाईनखबर डटकमका सम्पादक अरुण बराल,कृष्ण ढुंगाना,नागरिक अनलाईन संयोजक कृष्ण ढुंगाना, नेपाल पत्रकार महासंघ बेलायत शाखाका पुर्ब अध्यक्ष चिरन शर्मा, कान्तिपुरका बलराम बानियाँ,अन्नपूर्ण पोष्टकी दीपा दाहाल र कान्तिपुर पब्लिकेसनका राम रावलको उपस्थिति रहेको थियो।

यस्तैगरी पत्रकार पञ्चम अधिकारी, नेपाल दुबई डटकमका दामोदर नेपाल,,गोर्खा च्यानलका राजेन्द्र भट्ट, नेपाल स्विस डटकम हिरालाल श्रेष्ठ,,स्पेस न्युजका अर्जुन दाहाल,ओंएनस न्युज डटकम सरोज दाहाल र सम्झाना दाहाल सहभागी बने। कार्यक्रममा नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाट र प्रकाश ढकालले दुई चरणका कार्यक्रममा अध्यक्षता गरेका थिए।तस्बिर:- राजेन्द्र रसाईली


