प्रधानमन्त्री देउवाको निर्देशन कार्यान्वयन भएन, सडक झन् झन् जोखिमपूर्ण बन्दै


काठमाण्डौ – प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन ।

सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

खबरमा लेखिएको छ खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस्, अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् ।