ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – आगामी हिउँदमा देशमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत्त प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको खबर आजको पत्रिकामा छ ।

आजका पत्रपत्रिकाहरुले संविधान संशोधन अघि बढाउन कांग्रेस तयार रहेको, खडेरीका कारण अझै पूर्वी नेपालमा रोपाइँ हुने नसकेको, डा. गोविन्द केसीले ११ औं पटक पुनः अनसन थालेकोलगायत खबरलाई आज प्रमुखताका साथ लेखेका छन् ।