काठमाडौं – आज सोमबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकका आधारित भएर केही पत्रिकाले लेखेका छन् । राजधानी काठमाडौंका सडक समयमै बन्न नसक्नुको कारण पनि आजका पत्रपत्रिकाहरुले खोजेका छन् । भूकम्पपछि विद्यालय पुनःनिर्माणले गति लिन नसकेकादेखि मधेसमा पुनः पुरानो मुद्दा व्युँताइएकासम्मका खबर आजका पत्रपत्रिकामा छन् ।