काठमाडौं – चुनाव दुई महिना बित्न लाग्दा पनि भरतपुर महानगरको मत परिणामको अन्योल किनारा लागेको छैन ।
सर्वोच्च अदालतले सोमबारको सुनुवाई पनि सारेपछि अन्योल उल्टै थपिएको छ ।
सर्वोच्चमा भरतपुर मतगणना विवाद मुद्धाको सोमबार सुनुवाई तोकिएको थियो ।
न्यायधिशद्धय ओमप्रकाशर मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलाले साउन २ का लागि पेसी सारेको छ ।
यसअघि न्याधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त ईजलाले सोमबारका लागि पेसी सारेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।