पोखरा – पोखरा लेखनाथ महानगरपालिकामा रहेको माटेपानी गुम्बा लगातारको पहिरोको कारण उच्च जोखीममा हुन पुगेको छ ।
सडक डिभिजन कार्यालय पोखराको सयोगमा पोखरा ११ र १२ को जयकोट सामुदायिक बनको सिमाना क्षेत्र पोखरा १२ चापापानीबाट काहँु जाने बाटो बिस्तार गर्ने क्रममा उक्त्त क्षेत्रमा असर पुग्न गएको हो ।
शुरु शुरुमा कम पहिरो गए पनि हाल लगातारको पानीले साना ठुला धेरैन पहिराहरु गएका छन् । त्यस क्षेत्रमा गएको पहिरो कारण माटेपानी गुम्बा मात्र नभएर पोखरा १२ चापाँपानी क्षेत्रका बासीन्दाहरु पनि चिन्तीत हुन पुगका छन् । गएराती गएको पहिरो कारण उक्त क्षेत्रमा गएको पहिरोले गर्दा बिजुलीको तारमा असर पुग्न गई उक्त क्षेत्र अन्धकार समेत हुन पुगेको छ ।
बिभिन्न समयमा काँहु तथा अन्य क्षेत्रबाट आउने बाढीले चापापानी क्षेत्र ढुवानमा पर्ने गरेकोमा हाल आएर पहिरोको समेत जोखिम बढेकाले उक्त्त क्षेत्रका बासीन्दाहरु चिन्तीत हुन पुगेका छन् ।
पोखराको ऐतिहासीक तथा पर्यटकीय धरोहरको रुपमा रहेको माटेपानी गुम्वा राज्यको गहना भएको हुदा यसको शंरक्षयणमा तत्काल राज्यको ध्यान जानु पर्ने पोखरा १२ का वडा अध्यक्ष राम वहादुर कार्की बताउछन् । आफुले उक्त्त क्षेत्रमा भएको क्षती र भविस्यमा हुन सक्ने क्षतीको बारेमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान वहादुर जि.सी तथा क्षेत्र नम्वर २ की सांसद शारदा पौडेललाई जानकारी गराएको साथै सांसद शारदा पौडेलले पहिरोले क्षती पुगेको क्षेत्रको अवलोकन समेत गरेको वडा अध्यक्ष कार्कीले बताए ।
स्थानीय समाजसेवी ऋषिराम लामिछानेका अनुसार बाटो बिस्तार गर्ने क्रममा उक्त क्षेत्रको भु – बनोट कमजोर भएको कारण उक्त्त क्षेती हुन पुगेको र वर्षायाममा अज बढी क्षती हुन सक्ने भएको हुदा तत्काल क्षती हुनवाट रोक्नु पर्ने र दिर्घकालीन रुपमा यसको रोकथाम गर्नको लागी स्थानीय स्तरमा यो सम्मभव नरहेको हुदा तत्काल राज्यको उपल्लो निकाएले ध्यान दिनुपर्ने बताउछन् ।
माटेपानी गुम्वाका सचिव पूर्ण बहादुर भुजेलका अनुसार दिन दिनैको पहिरोले गर्दा गुम्वा नजिकै सम्म पहिरो आइपुग्न लागेकोले गुम्बामा बसोवास गरीरहेका लामाहरु निकै न त्रसित हुदै रात बिताउने गरेको बताउछन् । गुम्वा राज्यको नै सम्पती तथा गहना भएको हुदा तत्काल यसको शरक्षयणमा नेपाल सरकारले ध्यान दिनु पर्ने सचिव भुजेल बताउछन् । हाल उक्त गुम्वामा १२० जना लामाहरुले शिक्षा, दिक्षा लिइरहेका छन् ।
पोखराको धरोहर तथा गहना रुपमा रहेको माटेपानी गुम्वाको शंरक्षयण तथा पोखरा १२ चापापानी क्षेत्रमा भइरहेको बाडी, पहिरो तथा डुवानको समस्यालाई समाधान गर्न सम्वन्धीत निकाएले वेलैमा ध्यान नदिएमा ठूलो धनजनको क्षती हुने अनुमान गर्न सकीन्छ ।