पोखरा – टपरीमा दही रोटी र चिउरा अनि पञ्चे बाजाको घन्की रहेका थिए । ‘हरियो डाडाँमाथि हलो जोत्ने साथी’जनकवि केशरी धर्मराज थापाको यो कालजयी गीतलाई फेरी एकपकट सम्झिदैं पर्यटकलाई दही र चिउराले स्वागत गर्न अर्मलाबासी ब्यस्त थिए ।
स्वः जनकवीकेशरी थापाकै जन्मस्थल नजिकै गरिएको महोत्सवमा उहाँकै गीत घन्काउदै महोत्सवमा स्वदेशी देखि विदेशी पर्यटक रमाए । पोखरा पर्यटन परिषदले विगत एक दशदेखि आयोजना गदै आएको महोत्वस यस पटक १४ असारे रोपाई महोत्सव पोखरा १६ स्थित ठुलीवेसी फाँटस्थित गोविन्द बहादुर खड्काको झण्डै ८ रोपनी खेतमा रोपाई महोत्सब आयोजना गरिएको हो ।
टपरीमा दही रोटी र चिउरा अनि पञ्चे बाजाको घन्कीए । पञ्चेबाजाको ताल नाच्दै विदेशी पर्यटक रमाएका थिए । ‘हरियो डाडाँमाथि हलो जोत्ने साथी’जनकवि केशरी धर्मराज थापाको यो कालजयी गीतलाई फेरी एकपकट सम्झिदैं पर्यटकलाई दही र चिउराले स्वागत गर्न अर्मालाबासी ब्यस्त थिए ।
हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आएको महोत्सव यस पटक अर्मलामा आयोजना गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले बताए । नेपाली किसानका लागी मानो रोपेर मुरी उब्जाउने चटारो भएपनि नेपाली संस्कृतिका बारेमा पर्यटकलाई जानकारी गराउदै पर्यटन प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो अध्यक्ष शर्माको भनाई थियो ।
मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने । पर्यटक हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलो माछा समाउने प्रतियोगितामा भाग लिदै रोपाइ महोत्सव हेर्न गएकाहरु पनि रमाए ।
विदेशी पर्यटकहरुले नेपालको नाम सुने पनि असारे रोपाईको बारेमा जानकारी नभएको तर प्रत्यक्ष हेर्न पाउदाँ भने खुशी लागेको बताए । विदेशी पर्यटकले हिलोमा खेल्दा रमाईलो लागेको बताए । उनिहरुले नेपालको संस्कृतीमा रमाउदै थिए । उनीहरुले हिलो खेल्न पाउदाको खुसि व्यक्त गरे ।
महोत्सवको अवसरमा विभिन्न प्रतियोगिताहरु पनि आयोजना भए । जस अन्तर्गत असारे साउने प्रतियोगितामा चित्रनाथ आचार्य प्रथम, सुमन थापा द्वितीय र विल बहादुर विक तृतीय भए । पर्यटक हिले दौड प्रतियोगितामा च्यारिस प्रथम र याङगर द्वितीय भए । त्यसैगरी महिला तर्फको पर्यटक दौडमा वेलायतकी रिविका प्रथम र आईरल्याण्डका रिविका नामकै महिला पर्यटक द्वितीय भईन् । नेपाली तर्फ भएको हिले दौडमा आशिष खनाल प्रथम र शम्भु थापा द्वितीय भए भने नेपाली महिला तर्फ अस्मिता खनाल प्रथम र डोल्मा गुरुङ द्वितीय भईन ।
प्रतियोगिता अन्तर्गत रोपाईं प्रतियोगितामा स्थानिय मैदान आमा समुह र लेखनाथको नव प्रगतीशिल आमा समुह द्वितीय भए ।
महोत्सवका अवसरमा स्थानिय सहितका कास्कीका ४ जना उत्कृष्ट किसान सम्मानित भएका छन् । तरकारीबाट शिव माया शेरपुञ्जा, खाद्यान्न तर्फ सुर्यप्रसाद अधिकारी, माछापालन तर्फ अमृत गुरुङ र स्थानिय कृषक तरकारीबाट राजेन्द्रबाबु कार्कीलाई उत्कृष्ट किसान घोषणा गर्दै सम्मान पत्रको साथमा दोसला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जि.सी.ले पछिल्लो क्रममा जग्गा खण्डिकरण हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले धान उत्पादन हुने खेतीलाई संरक्षण गर्नु पर्नेमा जोड दिए ।
खेतको आलीमा बसेरकाहरुलाई हिलो छ्याप्दा छेउमा वस्नेहरु भागदौड गर्दा बातावरण निकै रमाइलो बनेको थियो । त्यसै गरि पोखरा २३ ठुलाखेतको डुढे फाँटमा रोपाँई महोत्सव भएको छ । कास्कीमा जेठो बुढो, मनसुली, गुर्दी, बतीसरा, तौली लगायतका पुराना जातका धानका साथै, राधा ७, राधा नौ, सावित्री लगायतका विकासे धानहरु लगाइन्छ । नेपालभर धानका करिब एक हजार जातका धान लगाउने गरिन्छ ।
हालसम्म नेपालमा ३८ प्रकारका वैज्ञानिक धान लगाउने गरेकोमा कास्कीमा १० प्रकारका वैज्ञानिक धान लगाउने गरिएको जिल्ला कृषि कार्यालयले जानकारी दिएको छ । कास्कीमा २६ हजार सात सय हेक्टर जमिनमा धान खेती हुने गरेकोमा बर्सेनि ८० हजार मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गरेको छ ।