पोखरा । टोल विकास संस्था वडा समन्वय समिति वडा नं १७ पोखराको आयोजनामा ३ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम आज (आइतबार) बाट पोखरामा सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं १७ का नवनिर्वाचित वडा सदस्य बैकुण्ठ भण्डारीले यस्ता खालका तालिमले हरेक व्यक्तिमा एक किसिमको बोल्ने कलाको विकास गर्न मद्दत गर्नुका साथै समाजमा नेतृत्वदायी भुमिका खेल्न हौसला प्रदान गर्ने वताए ।
यसका साथै उहाँले टोल विकास संस्था वडा समन्वय समिति वडा नं १७ ले आयोजना गरेको उक्त तालिम निकै फलदायी भएको भन्दै कार्यक्रमको सफलताको कामना समेत गरेका थिए । तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान पनि तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई उहाँको आग्रह थियो ।
करिब ५५ जना सहभागि तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र पत्रकार महासंघ कास्कीका उपाध्यक्ष तथा रेडियो जननीका ९०.६ का स्टेशन म्यानेजर बिमला भण्डारी रहेका थिए ।
कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले कुनै पनि सामाजिक कार्य गर्न एकआपसमा समन्वयकारी भुमिका निर्वाह गरि अगाडी बढ्नुपर्ने वताए ।
टोल विकास संस्था वडा समन्वय समिति वडा नं १७ का अध्यक्ष गिता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्वय समितिका उपाध्यक्ष चुडामणी बरालले राखेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव भरत गिरीले गरेका थिए ।