काठमाडौं – गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ गर्ने भएको छ ।
विमानस्थल सरसफाइ गर्ने विषयमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट तथा विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायबीच शुक्रबार सम्झौता भएको छ ।
सम्झौता अनुसार विमानस्थलको टर्मिनल गैरआवसीय नेपाी संघको नेतृत्वमा थप आधुनिक तथा अन्तराष्ट्रिय स्तरको बनाइनेछ ।
यस अभियानको औपचारिक सुरुवात जुलाई २९ मा हुनेछ । आजको कारोबार दैनिकमा खबर छ ।