पोखरा – कास्कीको पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ सुन्दरीडाँडामा वेगनास र रुपातालको बीचमा पर्ने गरि निर्माण गरिएको दृश्यावलोकन अर्थात भ्यू टावर तथा जैविक सूचना केन्द्रको उद्घाटन गरिएको छ ।बुधबार पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
यस टावरबाट रुपा, वेगनास तालको साथै सो को जलाधार क्षेत्र सहित अन्नपूर्ण, माछापुच्छे«, लमजुङ्ग हिमाल लगयतका हिमश्रृङ्गखलाहरुको अवलोकन गर्न सकिने छ ।टावर तथा सूचना केन्द्र सञ्चालनको लागि स्थानीय स्तरमा व्यवस्थापन समिति समेत गठन गरिएको छ । त्यहाँ प्रवेशको लागि यस समितिले टिकटको समेत व्यवस्था गरेको छ ।
कार्यक्रममा ली–बर्डका अध्यक्ष कृष्णप्रसाद बराल, लेखनाथ होटल एशोसिएसनका अध्यक्ष दामोदर भक्त थापा, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष कमल बहादुर थापा लगायले भ्यू टावर तथा सूचना केन्द्रले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । सुन्दरी डाँडा भ्यूटावर तथा जैविक विविधता सूचना केन्द्र व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिव बीरेन्द्र ढकालले सञ्चालन गरेका थिए ।