पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका नवनिवाचित मेयर मानबहादुर जिसीले सिहदबारको अधिकार गाँउमा ल्याएको भन्ने सरकारले जनप्रतिनिधिको अधिकारमा अंकुश लगाएर पुरानै अवस्थाको पूनराबृत्ति गर्न खोजेको बताएका छन् ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिले शनिबार आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले जनतालाई अधिकार सम्पन्न बनाउने दावी गरिएपनि प्रचण्ड नेतृत्वको काम चलाउ सरकारले अधिकारमा अंकुश लगाएको बताए । ‘जनताका अधिकार धेरै भयो भनेर अंकुश लगाउने काम भएको छ ’जिसीले भने । आन्तरीक स्रोत जुटाएर महानगरबासीलाई भत्ता दिन्छौ भन्दा नपाउने भन्दै उनले भने तर सरकारले तिम्रा महानगरबासीलाई सहयोग, सुविधा दिन मिल्दैन् भनेको छ, हामी आफनो प्रतिबद्धता जसरी पनि पुरा छौ । पोखरा महानगरलाई समृद्ध र आर्थिक रुपमा सम्पन्न बनाउने दावी उनले गरे ।
उपमेयर मञ्जुदेवी गुरुङले पोखरालाई धार्मिक, साँस्कृतिक र पर्यटकीय शहरका रुपमा विकास गदै अन्तराष्ट्रिय शहरका रुपमा विकास गर्ने बताइन् । उनले पोखरालाई भष्ट्राचामुक्त र सुशासनयुक्त शहर बनाउने बताउदै महानगरमा अव कुनै पनि काम टबलमुनिबाट नभई टेबलमाथिबाट हुने अवस्था सृजना गरिने बताइन् । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जु गुरुङ लगायत वडा अध्यक्ष गाँउपालिका प्रमुखहरुलाई तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले सम्मान गरेका थिए ।
कार्यक्रममा घाटुु तथा गुरुङ समुदायको सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा तेन्जीङ हिलारी म्याराथनमा सहभागी सुर्य गुरुङ, अञ्जु गुरुङ, बविता गुरुङ र तमु प्ये ल्हु संघ यूकेका सोम तमुलाई सम्मान गरिएको थियो । उनीहरुलाई मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले सम्मान गरेकी थिइन् । कार्यक्रमको संचालन संचारकर्मी शान्ति गुरुङले गरेकी थिइन् । त्यस्तै चार भञ्जयाङ तमु समाज पोखराले पनि नवनिवाचित उपमेयर मञ्जुदेवी गुरुङलाई सम्मान गरेको छ । शनिबारै एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै गुरुङले राजनीति नगरेपनि राजनीतिक चेतना हुन आवश्यक रहेको बताइन् । त्यस्तै नेपाल ट्रेड यूनियन महासंघ(जिफण्ट) गण्डकी धौलागिरीले पनि उपमेयर गुरुङ सहित चार गाँउपालिका प्रमुख र महागनरका वडाका वडा अध्यक्षहरुलाई सम्मान गरेको छ । सासद चुडामणी जंगली र जिफण्ट गण्डकी धौलागिरी अध्यक्ष मिना गुरुङले संयूक्त रुपमा सम्मान गरेका थिए ।