राजाराम पौडेल,पोखरा – विभिन्न सपना बुन्दै सन् १९९१ मा विजय गुरुङ दक्षिण कोरिया प्रस्थान गरे । फिल्ममा देखेर विमान चढ्ने सपना बुनेका उनको सपना त पुरा भयो । रमाइलो लाग्यो पनि । तर उनको मनमा धेरै तनाव थियो । कोरिया पुगेर कसरी काम गर्ने चिन्ता बढी थियो । कोरियामा उनले प्लाष्टिकको दाना बनाउने उद्योग र जुत्ता पसलमा उनले काम पाए । अर्काको अन्डरमा काम नगरेका उनलाई कोरिया बसाई सुरुवातमा निकै कष्ठकर बन्यो । नेपालमा रहदा कहिल्यै खाना सम्म नबनाएका उनलाई तहाँ घुलमिल हुन गाह्रो भयो । बढी तौलका ठुला–ठुला बोरा बोक्न प¥यो । हिउँ परेको चिसो मौसममा काम गर्र्नु पथ्र्यो । दिनभरी काम ग¥यो । राती घुप्लुक्क सुत्यो । विहान उठ्दा औला चलाउन ग्राहो । मनतातो पानिमा हात डुबाएर बसेपछि बल्ल हातले काम गथ्र्यो । तीन महिना रोयर नै उनले काम गरे । यति दुःख गर्दा उनले नेपाली २२ हजार रुपैयाँ तलब पाउथे ।
नेपालमा थालमा टन्न खाने गरेका उनलाई बोड्कामा आउने खानेकुराले पुग्दैनथ्यो । ३,४ बोड्का थपेर खान्थे । यस्तो देख्दा कोरियन छक्क पर्थे । तर कोरियनले धेरै खान पनि दिने काम पनि धेरै गर्न लगाउथे ।
एकदिन जुत्ता डेलिभरी गर्दागर्दै ढिला भयो । उनी लगायत अन्य साथीहरु कामले लखथरान परे । साह्रै भोक लागेको थियो । अन्य दिनको तुलनामा ढिला समयसम्म काम गर्नु परेकोले उनी अब केहि गर्न सक्ने स्थितीमा थिएनन् । कतिबेला बस्ने ठाउँमा पुगेर खानेकुरा बनाएर खाने उनलाई चिन्ता लाग्यो । त्यहि बेला साहुले फोनबाट खानेकुराको अर्डर गरे । अर्डर गरेको केहि समयमानै खानेकुरा उनीहरु भएकै ठाउँमा आइपुग्यो । विजय खुशी भए । उनलाई अचम्म पनि लाग्यो । फोन गरेको केहि समयमा अफिसमानै खानेकुरा । नेपालमा यस्तो हुदैनथ्यो । उनको दिमागमा क्लिक ग¥यो । होम डेलिभरिको व्यवस्था सहितको व्यवसाय राम्रो हुदो रहेछ । नेपालमा गएर सुरु गर्छु ।
उनले कोरियाबाट प्रभावित भएको होम डेलिभरी सहितको रेष्टुरेन्ट व्यवसाय दोस्रोपटक कोरियाबाट फर्किएपछि सन् २०११ मा नेपालमा सुरु गरे । नाम राखे पोखरा पिजा हाउस । साथीसँगको सहकार्यमा यो व्यवसाय उनले लेकसाइड खहरेमा सुरु गरे । पिजाको होम डेलिभरी सुविधा उपलब्ध गराएपछि उनलाई सफलता मिल्दै गयो । पोखरामा पिजाको होम डेलिभरी त्यो पनि सस्तोमा भएपछि उनको व्यवसायले गती लिदै गयो । त्यसोत सूरुवातमा केहि ग्राहो उनलाई भयो । जानकारी दिनका लागि अफिस अफिस पुगे । ३४ लाख रुपैयाँको लगानीमा सुरु गरेका थिए । ६, ७ महिना गाह्रो भयो । पछि राम्रो भयो । मार्जीन भने कम थियो । १ सय ५० मा पिजा होमडेलिभरी सुविधा सहित उपलब्ध गराउथे । दुई वर्षको अन्र्तरालमा पोखरा पिजा हाउसको शाखा गौरीघाटमा खोले । उनका पसलमा बढी नेपालीनै आउथे । सस्तो भएकोले पनि हो । स्टाफको लापरवाहीले गौरीघाटमा त्यति चलेन । पछि बन्द भयो । पोखरा पिजा हाउसमा अहिले उनको एकल लगानी छ । एउटाले अर्काको सम्मान गर्न नजान्दा नेपालमा पाटनरसिप व्यवसाय सफल हुन नसकेको उनले गुनासो गरे ।
उनले पोखरामा यो व्यवसाय सुरु गरेको पाँच वर्षपछि काठमाण्डौ धुमबाराहीमा डेलिभरीको सुविधा सहित व्यवसाय विस्तार गरे । काठमाण्डौमा व्यवसाय सुरु गर्न थालेकै समयमा नेपालमा गएको भुकम्पले उनको व्यवसायमा पनि प्रभाव पार्यो । एक वर्ष गाह्रो भएपनि अहिले सहज बन्दै गएको छ ।
पहिला पिजा मात्र बेच्ने गरेका उनले अहिले इटालियन खाना र मम पनि पोखरा पिजा हाउसमा बेच्छन् । खहरेको पसल सेन्टरपोइन्ट लेकसाइडमा सारेका छन् ।
धरान, चितवन, नेपालगञ्जमा पोखरा पिजा हाउसको शाखा विस्तार गर्ने उनको योजना छ । काम गर्दा टिम चाहिने अनुभव उनको छ । यस्मा श्रीमतकोे साथ उनले पाएका छन् । पोखरा नामलाई राखेर गर्दा प्रचार गर्न सजिलो भएकोले पोखरा पिजा हाउस ब्राण्ड बनेको छ । उनले ३ सय रुपैयाँमा पिजा उपलब्ध गराउछन् । अर्डर गरेको ६ मिनेटमा पिजा खान पाइन्छ । आधा घण्टामा होमडेलिभरी सुविधा दिएर पोखराका जुनसुकै ठाउँमा पिजा उपलब्ध गराउछन् । यसरी होम डेलिभरी गर्दा सर्भिस चार्ज लिदैनन् । परिवार सहित पिजा खानहरु भिड उनको पिजा हाउसमा देखिन्छ । पिजालाई बच्चाले बढी रुचाउने गरेका छन् । उमेरले ४६ वर्ष पुगेका उनी दैनिक १६, १७ घण्टा काम गर्छन् । अहिले उनले २९ जनालाई रोजगारी दिएका छन् ।
थोरै लगानीमा नेपालका विभिन्न ठाउमा फेन्चाइज मोडलमा आउटलेट खोल्ने योजना उनले बनाएका छन् । काठमाण्डौमा तीनवटा आफ्नै शाखा खोल्ने पनि उनको योजना छ । यसका अलावा कोरियन ब्राण्ड पनि नेपाल भित्राउने तयारी उनले गरेका छन् । मुनाफा तुरुन्त नखोजेर भविष्य हेरेर व्यवसायलाई अगाडी बढाइरहेका छन् । व्यवसायमा छोरीहरुले पनि साथ दिएका छन् । विहान ११ बजेदेखि राती ११ बजेसम्म उनले ग्राहकलाई सर्भीस दिने गरेका छन् । उनकोमा छिटो र गुणस्तरीय पिजा खान पाइन्छ । पोखरा पिजा हाउसको सञ्जाल देशैभर विस्तार गर्ने तयारी उनले गरेका छन् । विदेशीको रोजाइपनि पोखरा पिजा हाउस पर्दै गएको छ । फायरउड पिजा को स्वाद जो कोहीलाई मन पर्ने गरेको छ । दाउराबाटै पिजा पकाउछन् । पिजामा धुवाँको बास्ना आएको हुन्छ । यसले नेपाली पुरानो कल्चरको झल्को दिन्छ । दाउराबाट पकाएको खोज्ने ग्राहक बढी छन् । उनकोमा सबै पिजा दाउराको आगोमा पकाइन्छ । यो फ्लेवर राम्रो हुन्छ । स्वाद पनि मिठो । ग्याँसबाट भन्दा दाउराबाट पकाएको पिजाको स्वाद मिठो हुने उनले बताए । उनको पिजा हाउसमा हाड डिङ्स बेचिदैन । वियर र वाइन भने उपलब्ध हुन्छ । मेहनतका साथ काममा लगनशिल इमान्दार भए सफलता मिल्ने उनको अनुभव छ ।
विजयको जन्म पोखरा भदौरे तामागी पोखरा २३ मा पिता याम बहादुर गुरुङ र माता नन्द कुमारी गुरुङको दोस्रो सन्तानको रुपमा भएको हो । बुबा इन्डियन आर्मीमा भएकोले उनको बाल्यकाल इन्डियामा वित्यो । ७ वर्ष सम्म इन्डियामा विताए । नेपाल फर्केपछि उनले संस्कृत मावि वगर, अम्मरसिँह स्कुल हुदै चितवनबाट एसएलसि दिए । बाल्यकालमा चकचके स्वभावका उनी यातायात क्षेत्रमा लाग्ने चाहन्थे । कारण यातायात क्षेत्रमा लाग्यो भने निशुल्क गाडी चढ्न पाइन्छ भन्ने सोचाई उनमा थियो । बाबाले यातायात क्षेत्रमा काम गरे पछि यो चाहना पुरा पनि भयो ।
त्यस समयमा उनको संगत राम्रो थिएन । झगडा हुन्थ्यो । फेन्सिडियल, गाजा, चरेस खानेसँग उनको संगत थियो । उनी कुलतमा नफसेपनि संगत राम्रो नहुदाँ परिवारका सदस्यलाई पनि उनको चिन्ता थियो । अनि चितवन पुगे । २०४७ सालमा चितवनमा विजुली दोकान खोले । ३ वर्ष जती व्यवसाय गरे । व्यस्तता देखाउन सुरु गरिएको यो व्यवसाय राम्रो चलेन । आर्थिक रुपमा गाह्रो भयो ।
अब उनले विदेश जाने सोच बनाए । सन् १९९१ मा दक्षिण कोरिया प्रस्थान गरे । जापान जान धेरै खर्च लाग्ने भएकोले थोरै खर्चमा कोरिया जाने सोच उनले बनाएका थिए । भिजिट भिसामा कोरिया गएका उनी १९९३ मा नेपाल फर्किए ।नेपाल फर्किएपछि १ वर्षको अन्तरालमा जापान जाने भनेर साढे १० लाख बुझाए । उनी जापान जान पाएनन् । दलालले उनको रकम झ्वाम पारे । तर उनी जापान जान पाएनन् ।
सन् १९९६ मा विवाह गरे । विवाह गरेपछि उनमा जिम्मेवारी थपियो । अनि पोखराको लेकसाइडमा व्यवसाय सुरु गरे । गार्मेन्ट सप थियो । विदेशीलाई लुगा बेच्ने काम गरे । चार वर्ष यहि व्यवसायमा भुले । अनुभव राम्रो रह्यो । मार्जीन पनि राम्रो थियो । पैसा कमाउने मेसो सुरु भयो ।
उनले लेकसाइड पोखरामानै साइबर व्यवसाय सूरु गरे । खोले । नेपालमा द्धन्द बढ्यो । त्यहि समयमा उनलाई कोरीया बोलाइयो । उनी पुनः गए । विजनेस भिसामा कोरिया पुगेका उनले पुनः दुई वर्ष काम गरे । उनी कोरीया गएको समयमा व्यवसाय श्रीमती कमला गुरुङले चलाइन् । यसअघि उनले तामागी ट्राभल्स केहि समय पोखरामा चलाएका थिए । दुई वर्ष टुरिष्ट एक्सप्रेस बस चलाएका उनको माउन्टेन ओभरल्याण्ड टुर्स एण्ड टाभल्समा पनि लगानी छ । उनले भविष्य यातायात क्षेत्रमा पनि देखेका छन् ।
विभिन्न व्यसाय र विदेश यात्रा मार्फत धेरै अनुभव हासिल गरेका उनले व्यवसायलाई व्यवस्थित गरेर लाने सोच बनाएका छन् । हाल उनले व्यवसायमा करोड बढी लगानी गरेका छन् ।
भाषा नजान्दा विदेशमा जाने नेपालीलाई समस्या हुन्छ । हातको इसारामा काम गर्नु पर्ने बाध्यता देखिन्छ । केहि नसिकि मेसिन चलाउदा मेसिनले औला काट्ने, हात चुडिने दुर्घटना हुने गरेको उनले बताए ।
विदेश जानुअघि जाने देशको भाषा र कल्चर बुझ्नुपर्छ । कामकोबारेमा जानेर सिकेर जादासहज हुन्छ । ठुलोलाई आदार गर्न सक्नुपर्छ । सम्मान गर्दै गए गेट खुल्दै जाने उनको सर्घषले सिकाएको छ । पछिल्लो क्रममा साहुले धर्म छोरा बनाएर राख्न चाहेपनि उनले मानेनन् । विदेशमा जती मेहनत नेपालमानै गर्न सके यही राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन् ।
एसिया फोरम संस्था कोरियाबाट फर्केकाको संस्थाको केन्द्रिय सदस्य छन् उनी । यो संस्थामा अन्य देशबाट आएका पनि सदस्य बन्न पाउछन् । खाना फाल्न नहुने कुरा कोरियनबाट सिके । अहिले घरमा त्यसलाई कार्यान्वयन गरेका पनि छन् ।