आइतबार (भोली) हुने प्रधानमन्त्रीको निर्वाचन रोक्ने एमालेको निर्णय


काठमाडौं – प्रमुख प्रतिपक्ष दल एमालेले आइतबार (भोली) हुने प्रधानमन्त्रीको निर्वाचन रोक्ने निर्णय गरेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन हुन नसक्ने एमालेले बताएको छ ।

एमालेले संसदको जारी समस्या समाधान नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।