ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – चितवनको भरतपुरमा स्थगित मतगणना पुनः सुरु हुनुपर्ने माग राख्दै एमालेले व्यवस्थापिका संसद् अवरुद्ध गर्दा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रभावित बनेको छ । आज प्रकाशित अधिकांश पत्रपत्रिकहरुले यो विषयलाई पहिलो पृष्ठमा लेखेका छन् । पत्रपत्रिकाहरुले भारतीय डिएसपीसहितको टोलीले डोटीमा एक नेपालीको अपहरण प्रयास गरेको खबरलाई पनि उत्तिकै स्थान दिएर छापेका छन् । जनप्रतिनिधिको तलबभत्ता अझै टुंगो नलागेको, १५ दिनपघि देशैभर औषधि अभाव हुनेलगायतका खबरलाई आजका पत्रपत्रिकाहरुले स्थान दिएका छन् ।