पोखरेली चेली ज्ञानी मिस नेपालमा प्रतिष्पर्धी


पोखरा -पोखरेली चेली ज्ञानी बराल मिस नेपाल–२०१७ मा प्रतिष्पर्धामा उत्रेकी छिन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ निवासी २३ वर्षिय बराल रेडियो बाराही र यती एयरलायन्स पोखरामा कार्यरत छिन् । बराल रेडियो वाराहीमा कार्यक्रम प्रस्तोताको रुपमा कार्य गर्दै आएकी छिन भने एयरलायन्समा लेखा शाखामा कार्यरत छिन् । द हिडन ट्रेजरले आयोजना गरेको सो प्रतियोगितामा १९ जना प्रतिष्पर्धी रहेका छन् । २२ औं संस्करणको सो प्रतियोगितामा १९ वर्षदेखि २५ वर्षमुनिका युवतीहरु प्रतिष्र्धामा छन् ।

हाल प्रशिक्षणमा व्यस्त बराल जनप्रिय क्याम्पसमा व्यवस्थापन शंकायमा स्नाकोत्तर अध्ययनरत छिन् । पन्ध्र नम्वरकी कन्टेस्टेन्ट बरालले आफू समग्र पश्चिमाञ्चलको प्रतिनीधी भएर आएको बताउदै सबैलाई भोट गरेर सहयोग गर्न आग्रह गरिन । मिस नेपाल भएको खण्डमा समाज सेवामा लाग्ने उनले बताईन । भोट गर्नको लागि म्यासेज बक्समा गई एमएन टाईप गरि स्पेस दिएर १५ टाईप गरि ३३००१ मा पठाउन सकिने छ । भोट विहिवार सम्म गर्न सकिने छ ।

प्रतियोगिताको लागि पोखराका विभिन्न कलेजहरुमा प्रवद्धनात्मक कार्यक्रम गरि गत चैत्र ३१ गते लेकसाईडमा अडिसन गरिएको थियो । पोखरासँगै अन्य शहरमा पनि अडिसन भएको थियो । मिस नेपालको ग्रान्ड फिनाले जेठ १९ गते शुक्रबार अन्नपूर्ण होटलमा हुनेछ । ‘द हिडन ट्ेरजर मिस नेपाल–२०१७’ शीर्षक राखिएको प्रतियोगिताको यो संस्करणदेखि चार जना विजेताले विदेशमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसअघि मिस नेपालले मिस वल्र्ड, फस्ट रनर्स अपले मिस अर्थ तथा सेकेण्ड रनर्स अपले मिस इन्टरनेसनलमा सहभागिता जनाइरहेकोमा यो वर्षदेखि थर्ड रनर्सअपले मिस एसिया प्यासिफिकमा समेत नेपालले प्रतिनिधित्व गर्नेछ ।