पोखरा – नेकपा एमाले प्रदेश नम्वर चारका संयोजक किरण गुरुङले पोखरालाई नेपालकै उत्कृष्ट महानगर बनाउन एमालेका उम्मेदवारले जित्नुपर्ने बताएका छन् । लेखनाथ आयोजित चुनावी सभालाई सम्वोधन गदै उनले एमालेको जनलहर देखेर विभिन्न षडयन्त्रहरु भैरहेको बताए । उनले पोखरा लेखनाथ महानगरमा एमालेको जित सुनिश्चित भएको बताए ।
एमालेको जनलहरबाट आत्तिएर काँग्रेस र नेकपा माओबादी केन्द्रले तालमेल गरेको बताउदै माओबादीले आफनो मेयरको उम्मेदवार नभएकाले एमालेलाई मत दिने दावी गरे । उनले भने –‘सुर्य बेलुका हस्ताउछ तर विहान झुल्किन्छ तर रुख एक पटक ढलेपछि कहिल्यै उठन सक्दैन्, त्यसैले एमालेको जितलाई कसैले रोक्न सक्दैन् ।’ उनले नेपाली काँग्रेस र माओबादी केन्द्रले प्रधानन्यायधिश विरुद्ध लगाएको महाअभियोगको प्रस्तावलाई सर्वोच्च अदालतले अघि नवढाउन र सुशिला कार्कीलाई काममा फर्किन दिएको आदेशले उनीहरु पराजित भएको र एमालेको एजेण्डाले जितेको दावी गरे ।
एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले पोखरा लेखनाथका जनताको शिर निहुरीन नदिने गरि जनताको सेवामा तत्पर रहने प्रतिबद्धता ब्यक्त गदै स्थानिय तहको निवाचनमा एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले पोखरा लेखनाथको समग्र विकासलाई अगाडी बढाउदै अन्तराष्ट्रिय शहरका रुपमा विकास गर्ने बताए । ‘पोखरालाई सडक, खानेपानी, शिक्षा र प्रविधियुक्त शहरका रुपमा विकास गछौ र समृद्ध खुशी महानगरबासी बनाउछौ ।’
एमालेका उपमेयरका उम्मेदवार मञ्जु गुरुङले पोखरालाई महिला हिंसा, बालशोषणुक्त शहर बनाउने बताउदै यहाँको समग्र विकासमा ध्यान दिने बताइने ।‘भष्टाचार र सुसाशन युक्त महानगर बनाउदै जनताको घरदैलोमा सेवा प्रवाह गर्ने छौ ।’ उनले एमालेको शुखी नेपाली समृद्ध नेपाल र पोखराको विकासका लागी जनताको साथ, हात र छापा चाहिएको बताइन.् ।