चुनाव निर्धारित मितिमै हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव निर्धारित मितिमै हुने बताएका छन् । उनले वैशाख १९ मा उम्मेदवार मनोनयनपछि संशोधन पारित हुने बताए ।

‘निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्नुस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निर्वाचन हुन्छ । मनोनयनपछि संविधान संशोधन विधेयक पनि पारित हुन्छ ।’

उता, संविधानमा विचाराधीन संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाइ पुर्याउन समस्या भएपछि सरकार संविधान संशोधन विधेयक आइतबार नै पारित गराउने कार्यसूचीबाट पछि हटेको छ ।
आइतबार नै संशोधन विधेयक पारित गर्ने सरकारको तयारी अनुसार संसदको विधायन समितिले मध्यरातसम्म संशोधनको प्रस्तावसहितको प्रतिवेदन तयार पारेको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।