सुविधा सम्पन्न एम्बुलेन्स पोखरामा सञ्चालन,१०२ मा फोन गरेपछि तुरुन्त आउने


पोखरा – नेपाल एम्बुलेन्स सेवाले पोखरामा पनि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालसँगको सहकार्यमा पोखरामा एम्बुलेन्स सेवा सुरु गरिएको हो । काठमाडौ र चितवनबाट सेवा दिदै आएको नेपाल एम्बुलेन्स सेवाले सोमबार देखि पोखराबाट पनि सेवा सुरु गरेको छ ।

निःशुल्क फोन नम्बर १०२ मा फोन गरेपछि सुविधा सम्पन्न एम्बुलेन्स साइरन बजाउँदै प्रि हस्पिटल कियर सेवा सहित आइपुग्छ । एम्बुलेन्समा भएका स्वास्थ्यकर्मी तत्कालै बिरामीको प्राथमिक उपचार गर्दै अस्पताल पु¥याउ छन् । एम्बुलेन्स भित्रै बिरामीको आकस्मिक उपचारलागि आवश्यक भेन्टिलेटर देखि अन्य सामग्रीहरु छन् ती नै सामग्री प्रयोग गर्दै स्वास्थ्यकर्मीले अस्पताल पु¥याउने नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष आमेराज राजभण्डारीले जानकारी दिए ।

लायन्स क्लबले नेपाल एम्बुलेन्स सेवा सहकार्यमा पोखरा सेवा सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स सेवा लिन १०२ नम्बरमा फोन गरेपछि बिरामीको अबस्थाबारे जानकारी लिएर आफन्तलाई सावधानी अपनाउन भनिन्छ, त्यसपछि एम्बुलेन्स पठाइन्छ र आकस्मिक मेडिकल सेवा दिएर बिरामीलाई अस्पताल ल्याउने व्यवस्था मिलाउने अध्यक्ष भण्डारीले बताए ।

सन् २०१० देखि नेपालमा यो सेवा सुरु भएको हो । सञ्चालन पछि २१ हजार ५ सय जनालाई सेवा दिइसकेको र ३८ जनाले एम्बुलेन्स भित्रै बच्चा जन्माउन सफल भएको उनले बताए । एम्बुलेन्स सञ्चालन सम्बन्धमा लायन्स क्बल डिस्टिक ३२५ वि वान नेपालका गर्भनर बालकृष्ण र्बुलाकोटी र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष ओमराज राजभण्डारी बीच एम्बुलेन्स सञ्चालन सम्बन्धमा सम्झौता भएको छ ।

पोखराको मालेपाटमा रहेको कालिका गणमा राखेर सेवा प्रदान गर्ने धनराज आर्चायले जानकारी दिए । एम्बुलेन्समा सेवा लिए वापत १ हजार रुपैया तिर्नु पर्ने हुन्छ । एम्बुलेन्स सञ्चालनका लागि मासिक २ लाख ५० हजार खर्च आउने बताउदै राजभण्डारीले एक वर्ष सम्मको खर्च धनराज आर्चाय र पोखरामा रहेका लायन्स क्लबहरुले सघाउने छन् । कार्यक्रममा लायन्स क्बल डिस्टिक ३२५ वि वान नेपालका गर्भनर बालकृष्ण र्बुलाकोटी, पोखरा उद्याग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।