निकोसा/ गैरआवासीय नेपाली संघ साईप्रसले नेपाल चिनाउँदै नयाँ बर्ष बिशेष कार्यक्रम सम्पन्न गरेको छ।‘नेपाल चिनाउने हाम्रो अभियान’ सहित संघले आईतबार निकोसामा कार्यक्रम सम्पन्न गरेको हो ।
नयाँ वर्षको शुभकामना आदानप्रदानसहित भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।पर्यटन प्रवद्धनात्मक कार्यक्रम अन्तर्गत “नेपाल भ्रमण वर्ष-युरोप २०१७” को अभियान साईप्रसमा पनि सम्पन्न भएको छ। युरोपेली पर्यटकहरु नेपाल भित्राउने लक्ष्य सहित प्रवद्धनात्मक कार्यक्रम अन्तर्गत नेपाली समुदायहरुका भेषभुषा झल्किने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएका थिए ।
नेपालमा भुकम्प पश्चात पनि नेपाल घुम्नका लागि सुरक्षित रहेको, नेपाल पर्यटकीय दृष्टिले विश्वका अरु देश भन्दा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको संदेश कार्यक्रमले दिएको संघका अध्यक्ष सुबास मल्लले जानकारी दिए ।उनले भने,”युरोपबाट नेपालमा घुम्न जाने पर्यटकहरुलाई नेपालमा घुम्नका लागि प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रम भव्य रुपमा सफल भएकोमा दूताबास,कन्सुलर कार्यालय,लगायत नेपाली संघ संस्था प्रति आभारी छौ।”
कार्यक्रममा नेपाली राजदुतावास ईजरायलकी द्धितीय सचिव आस्था सुब्बा र साईप्रसका लागि नेपाली अबैतानिक बाणिज्य दूत डा.रामजिवन पन्जियार,गैरअवासीय नेपाली समाज अन्र्तराष्ट्रिय सदस्य रन्जितकुमार महतो लगायतले बोलेका थिए।विश्वमा रहेका नेपालीहरुले आफनो भाषा,सस्कृती तथा भेषभुषा तथा पहिचानलाई सदुपयोग गर्दै नेपालमा रहेका धार्मिक,संस्कृतिक तथा पर्यटकीय स्थलहरुको बारेमा प्रचारप्रसार गर्नुपर्नेमा बक्ताहरुले जोड दिए।
साईप्रसमा रहेका विभिन्न कलाकारहरुले आ-आफनो कला प्रस्तुत गर्दै नेपाली समुदायहरुका भेषभुषा झल्किने सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।